२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय युवाहरुलाई आत्मपहिचान बोध गराउन, सामाजिक उत्तरदायित्व बुझाउन यात्रा आयोजना गरिएको- वडाध्यक्ष महर्जन



अ+ अ-

काठमाडौँ। युवाहरुलाई सम्पदाको गरिमासँग आत्म पहिचान बुझाएर व्यक्तित्व विकासमा सहयोग गर्ने उद्देश्यले आज काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले सम्पदा यात्रा (सम्पदा म्हसिके) सम्पन्न गरेको छ ।

यात्राका क्रममा वडा भित्रका ३४ वटा ऐतिहासिक सम्पदा क्षेत्र जोडिने गरी मार्गको परिक्रमा गरिएको थियो । मुनेगु थाय्ः गणेश स्थान (न्यूरोड) बाट सुरु भएको यात्रा दुगं वही (षडक्षरी महाविहार), दुगं बही नासः द्यः, प्युखा बहाः (अशोक चैत्य विहार), गूचाः त्वाः, सबल वहाः (मन्त्रसिद्धि महाविहार), तलेजु भवानी आगं छेँ, सवल बहाः (दशवल बिहार), लुँमढि चोक, तास्तु गणेश (चिकंअट), तःधं बहाः (धर्मचक्र महाविहार), दबू वहाः, पिन्छे बहाः (जम्बुनन्दन विहार), चिधं वहाः (जिर्ण उद्धार विहार), लुँमढि भद्रकाली द्यः छेँ (वतु), गुगुचास् गंछिं द्यः (नव दुर्गा द्यः छेँ), वतु नासः द्यः छेँ, वतु वहाः (धर्मचक्र बिहार) हुँदै अगाडि बढेको थियो ।

यस्तै भुजिं वहाः (अशोक कीर्ति विहार), मूः बहाः (मूलश्री महाविहार), वं घस् कुमारी चोक, कान्तेश्वर महादेव, पिपल बोट, कुमारी, रण मुक्तेश्वर, गणमहाबिहार (गगनसंगम महाविहार), ते वहाः नासः द्यः, ते बहाः (राजकीर्ति महाविहार ), पाः ल्हाः द्यः (पद्मान्तक÷चन्द्र महारोषण,संकता ), लुँमढि भद्रकाली द्यः छें (तेवहाः), पिगं द्यः (इन्द्रायणी)बाट लुँ हिति (सुन्धारा) र धरहरा पुगि समापन गरिएको थियो ।

धिमे, नायखिं, धास् बाजं जस्ता विभिन्न जातीय समुदायका परम्परागत वाद्यबादनसहित सम्पन्न गरिएको यात्रामा करिब ८ सय युवाहरु सहभागी भएका थिए । उनीहरुलाई मूर्त सम्पदाको चिनारी, निर्माण शैली र विधि, यससँग धार्मिक तथा सामाजिक सम्बन्ध, अर्को सम्पदासँगको सम्बन्धसँगै ती सम्पदासँग जोडिएका रहनसहन, जात्रा पर्व र क्रियाकलापका बारेमा जानकारी गराइएको थियो ।

धिमे, नायखिं, धास् बाजं जस्ता विभिन्न जातीय समुदायका परम्परागत वाद्यबादनसहित सम्पन्न गरिएको यात्रामा करिब ८ सय युवाहरु सहभागी भएका थिए । उनीहरुलाई मूर्त सम्पदाको चिनारी, निर्माण शैली र विधि, यससँग धार्मिक तथा सामाजिक सम्बन्ध, अर्को सम्पदासँगको सम्बन्धसँगै ती सम्पदासँग जोडिएका रहनसहन, जात्रा पर्व र क्रियाकलापका बारेमा जानकारी गराइएको थियो ।

यात्राको समापन गर्दै वडाध्यक्ष चिनीकाजी महर्जनले भन्नुभयो, ‘पुर्खाले हामीलाई निजी घर जग्गा धन सम्पत्ति मात्र छोडेर गएका हैनन् । यस्ता थुप्रै मूर्त र अमूर्त सम्पदा जोगाउने जिम्मा पनि दिएका छन् । पुर्खाले नासोका रुपमा छोडेर गएका सम्पदाहरुको पहिचान गर्ने संरक्षण गर्ने र जीर्णोद्धार गर्ने जिम्मेवारी पनि हाम्रै हो । पुख्र्यौली सम्पत्ति त हामी झगडा गरीगरी लिन्छौँ तर, यस्ता सम्पदा जोगाउनमा हाम्रो पर्याप्त ध्यान र माया पुगेको छैन । यस्ता कार्यक्रमले युवा ब्यक्तित्वमा सम्पदा प्रेम बिकास हुने बिश्वास लिएको छु ।’

‘युवाहरुलाई सम्पदा क्षेत्रसँग सहरी क्रियाकलापको सम्बन्ध र सीमा बुझाउन सकियो भने युवाहरुमा सम्पदा क्षेत्रको उपयोग र संरक्षणमा अपनत्व बोध हुनेछ । काम गर्न सहज हुनेछ ।’ यात्राका विषयमा वडाध्यक्ष चिनीकाजी महर्जनले भन्नुभयो, ‘यात्राका क्रममा हेरिएका सम्पदा क्षेत्रका विषयमा युवाहरुले जिज्ञासु भएर जानकारी लिएका थिए ।

यसले उनीहरुलाई सम्पदासँग मानवीय आचरण, सहरी विकास र विकास व्यवस्थापनका पक्षमा बुझाउन सजिलो भयो । युवाहरुमा आत्म पहिचान, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, अरुप्रति सकारात्मक र सहयोगप्रति उत्साहित, जिम्मेवार बनाउन सहयोग भएको महसुस गरेको छु ।’