२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

सामाजिक सञ्जालको लोकप्रियता राजनीतिको लोकप्रियता होइन : महासचिव पोखरेल

सामाजिक सञ्जालको लोकप्रियता राजनीतिको लोकप्रियता होइन : महासचिव पोखरेल
अ अ+ अ-

चितवन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको लोकप्रियता राजनीतिको लोकप्रियता नभएको बताउनु भएको छ ।

राष्ट्रिय चिकित्सक संघ, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार राती भरतपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले कुनै एउटा क्षेत्रमा सफल हुनुको अर्थ हरेक क्षेत्रमा सफल हुनु भन्ने नभएको बताउनु भएको हो ।

उहाँले सामाजिक सञ्जालमा चर्चामा आएका मान्छेले ‘म राजनीतिमा सफल हुन्छ’ भन्ने ठानेर हामफाल्ने गरेको चर्चा गर्दै उहाँले भन्नुभयो ´यो राजनीति हो, सामाजिक सञ्जालमा सफल व्यक्ति यसमा सफल हुँदैनन् ।´ इतिहास बोकेका राजनीतिक दलहरुलाई उपेक्षा गरेर देश अघि बढ्न नसक्ने उहाँको भनाई छ ।

अमेरिकामा सयौं वर्षदेखि रिपब्लिकन र डेमोक्र्याट पार्टी आपसमा प्रतिस्पर्धा गरिरहेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो, ´अमेरिकामा दुई वटा पार्टीले आलो पार्टी विश्व साम्राज्य चलाएकै छन् । अमेरिकी जनताले ती पार्टीको विकल्प नखोजीकन अमेरिका चलेकै छ । नेपालमा ‘पार्टी पुराना भए हामीलाई नयाँ चाहियो’ भनेर नारा लगाउनु परेको छ ।´

बेलायतमा पुराना पार्टीको सान्दर्भिकता सकियो अब नयाँ चाहियो भन्ने सुन्नु नपरेको बताउँदै उहाँले अगाडि थप्नुभयो, ´नेपालीहरु यति दग्गिज भईसक्यौं, दुनियामा जे कुराको चर्चा भयो त्यो चाहिहाल्ने । राजनीतिक विज्ञानले गर्दा यो कुरा गलत हो ।´ राजनीति आफैमा एउटा विज्ञान भएको बताउँदै उहाँले यसका आफ्नै मूल्य मान्यता हुने बताउनुभयो ।

नेपालको राजनीतिको कुरा गर्दा नेकपा (एमाले) विचार, सिद्धान्त, संगठन, जीवनशैली र आचरणका हिसाबले अरुभन्दा अब्बल पार्टी रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ´एमालेभित्र पनि बेलाबखत विकृति विसंगति देखिन्छन् । त्यो अपवाद हो, त्यो मूल चरित्र होइन ।” महासचिव पोखरेलले भन्नुभयो, ´हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो, जसले व्यक्तिमाथि प्रश्न उठ्यो भने त्यसलाई व्यक्तिगत प्रश्न ठान्दछ । कसैमाथि अभियोग लागेर हिरासतमा गयो भने हामी निलम्बन गर्दछौं ।´

नेपालका अरु कुनै पार्टीले त्यसप्रकारको आँट नगर्ने उहाँको भनाई छ । महासचिव पोखरेलले भन्नुभयो “त्यसकारण हामी सुशासन र पारदर्शीका कुरामा नेपालका थुप्रै पार्टीको तुलनामा व्यवस्थित छौं ।´

नेकपा एमालेको लेखा प्रणाली व्यवस्थित भएकै कारण अरुले धनी पार्टी भन्ने गरेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो ´अरु पार्टी अरबौंको कारोबार गर्छन्, तर उनीहरुका आर्थिक क्रियाकलाप अपारदर्शी छन् । सत्य यही हो ।´

‘एमालेलाई अब नरोक्ने हो भने त हाम्रो भविष्य वर्वात हुन्छ’ भनेर एमालेमाथि चौतर्फी आक्रमण भएको भन्दै महासचिव पोखरेलले भन्नुभयो “यो पार्टी संकटपूर्ण अवस्थामा त यसरी माथि उठ्दो रहेछ, अब त यससँग मुकाविला गर्न गाह्रो हुन्छ भनेर घेराबन्दी गर्ने प्रयत्न भएको छ ।´

कार्यक्रममा एमाले स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले मिसन ८४ मा स्थानीय एमालेमय बनाउन र प्रदेश र संघमा कम्फटेवल बहुमत पुग्ने अभियानमा लाग्नु पर्ने बताउनुभयो । उहाँले चिकित्सकहरुलाई २०८२ मा हुने नेपाल चिकित्सक संघको निर्वाचनमा जित हासिल गर्ने गरी मिसन ८२ लिएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “विगतको समीक्षा गर्दै भावि योजना कार्यान्वयन गर्न सक्ने नेतृत्व चयन गर्नुहोस् ।

सो अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष झलक शर्मा गौतमले नीति निर्माण तहमा स्वास्थ्यकर्मी पु¥याउने राजनीति कमजोर बन्दै गएको बताउनुभयो । उहाँले सुखी नेपाली समृद्ध नेपाल बनाउने हो भने स्वास्थ्यकर्मी नीति निर्माण तहमा पुग्नु पर्ने बताउनुभयो ।

संघका संस्थापक अध्यक्ष डा. सन्तोष पौडेलले देशलाई दिशानिर्देशन गर्छ भनेर संगठन निर्माण गरिएको बताउनुभयो । उहाँले यस संगठनमा लाग्न सबै चिकित्सकलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा डा. कृष्ण अधिकारी, डा. आनन्द सिंह, डा. विकास गौचन, डा. अरुण उप्रेती, डा. विकास गुप्ता, एमाले नेताहरु कपिलदेव पोखरेल, प्रभा बराल, विमला दवाडी, श्याम बिष्ट लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा विभिन्न प्रस्तुती दिंदै चिकित्सकहरुले पार्टीले चिकित्सकलाई प्रयोग मात्रै गर्ने गरेको तर चिकित्सकका समस्यामा गम्भीर नबनेको गुनासो गर्नुभएको थियो ।

संघका अध्यक्ष प्रा.डा.जागेश्वर गौतमको अध्यक्षतामा भएको कार्यक्रम चितवन जिल्ला अध्यक्ष डा. प्रतिक न्यौपाने र संघका महासचिव डा.छवि पन्थीले सञ्चालन गर्नुभएको थियो । सम्मेलनमा देशभरका तीन सय बढी चिकित्सकहरु सहभागी हुनुहुन्छ । नयाँ नेतृत्व चयन गर्दै सम्मेलन आज समापन हुनेछ ।