२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा नबनाइएका स्मार्टफोनहरूमा सम्भावित कर लगाउने ट्रम्पको चेतावनी



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई लक्षित गर्दै अघिल्लो घोषणापछि सामसुङ र अन्य स्मार्टफोन उत्पादकहरूमा कर लगाउने चेतावनी दिनुभएको छ । जुनको अन्त्यमा यो लागू हुने उहाँको भनाइ छ ।

सामसुङ दक्षिण कोरियाली कम्पनी हो । जसको ग्यालेक्सी सिरिज एप्पलको आईफोनको प्रमुख प्रतिष्पर्धी हो । केही दिनअघि ट्रम्पले सामाजिक सञ्जालमा जबसम्म आईफोनहरू संयुक्त राज्य अमेरिकामा बनाइँदैनन् तबसम्म एप्पलका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने बताउनु भयो ।

ट्रम्पले वार्तामा अपर्याप्त प्रगति भएको उल्लेख गर्दै जुन १ देखि युरोपेली संघबाट हुने सबै आयातहरूमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनुभयो ।

जुन १, २०२५ देखि युरोपेली संघमा सिधा ५० प्रतिशत ट्यारिफ सिफारिस गर्ने बताउनु भयो ।