२१ मंसिर २०८२, आईतवार
,
Latest
मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु होः मन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा नबनाइएका स्मार्टफोनहरूमा सम्भावित कर लगाउने ट्रम्पको चेतावनी



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई लक्षित गर्दै अघिल्लो घोषणापछि सामसुङ र अन्य स्मार्टफोन उत्पादकहरूमा कर लगाउने चेतावनी दिनुभएको छ । जुनको अन्त्यमा यो लागू हुने उहाँको भनाइ छ ।

सामसुङ दक्षिण कोरियाली कम्पनी हो । जसको ग्यालेक्सी सिरिज एप्पलको आईफोनको प्रमुख प्रतिष्पर्धी हो । केही दिनअघि ट्रम्पले सामाजिक सञ्जालमा जबसम्म आईफोनहरू संयुक्त राज्य अमेरिकामा बनाइँदैनन् तबसम्म एप्पलका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने बताउनु भयो ।

ट्रम्पले वार्तामा अपर्याप्त प्रगति भएको उल्लेख गर्दै जुन १ देखि युरोपेली संघबाट हुने सबै आयातहरूमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनुभयो ।

जुन १, २०२५ देखि युरोपेली संघमा सिधा ५० प्रतिशत ट्यारिफ सिफारिस गर्ने बताउनु भयो ।