• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता



काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो । 

आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राससलाई जानकारी दिए । जसपालाई दल दर्ताको प्रमाणपत्र लिन शुक्रबार बोलाइएको बताइएका छ । गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा गठन गर्ने सहमति भएको थियो । एकीकरण घोषणा भएको जसपाले दल दर्ताका लागि जेठ २५ गते  आयोगमा आवश्यक कागजात बुझाएको थियो ।

जसपाका नेता केशव झाले आयोगमा आधिकारिक रुपमा दल दर्ता भएपछि पार्टी एकीकरणका बाँकी काम अघि बढाइने बताए । आयोगमा अहिले १३२ राजनीतिक दल दर्ता भएका छन् । दुई पार्टी राजपा र समाजवादी  पार्टी एकीकरण भएपछि अब आयोगमा दर्ता भएका १३१ दल हुनेछन् । जसपाको सहमतिअनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहनुभएको छ । पार्टीका वरिष्ठ नेतात्रयमा अशोककुमार राई, डा बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन् । तत्कालका लागि ३० सदस्यीय कार्यकारिणी सदस्य घोषणा गरिएको छ ।