२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय हिन्दी समाचार च्यानलहरू बन्द



अ+ अ-

काठमाडाैंः भारतीय न्युज च्यानलहरुले नेपालका पछिल्ला राजनीतिक घटनाक्रम बारेमा निरन्तर अफवाह फैल्याएकाे जनाउँदै विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले त्यस्ता भारतीय समाचार च्यानलहरूकाे प्रसारण नेपालमा बन्द गरेका छन् ।

खासगरी भारतीय हिन्दी न्यूज च्यानलले नेपाल विराेधी समाचार प्रसारण गरिरहेका र त्यसप्रति नेपाली जनतामा आक्रोश बढ्दाे छ ।

च्यानल वितरकहरुले बिहीबार साँझदेखि सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीले जनाएकाे छ ।

भारतीय टिभी च्यानलहरुले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको हाे ।

एक भारतीय न्यूज च्यानलले चिनियाँ राजदूतलाइ 'विषकन्या' समेत भनेकाे छ ।

डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

डिसहाेमका ग्राहकका टिभीमा भारतीय हिन्दी समाचार च्यानलहरू बन्द भइसकेका छन् ।