• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी

खेलकुद क्षेत्रको विकासमा सरकारकोे दृष्टिकोण अझै पुग्न सकेछैन– प्रदेश प्रमुख गुरुङ



काठमाडौं । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको खेलकुद क्षेत्रको विकासमा सरकारकोे दृष्टिकोण अझै पुग्न नसकेको बताउनु भएको छ । 

आईतबार गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारणसभा तथा अधिवेशनको उदघाटन गर्दै प्रदेश प्रमुख गुरुङले खेलकुदको विकासमा राज्यको दृष्टिकोण पर्नुपर्नेमा जोड दिनु भयो । सरकार चलाउन मात्रै दलका नेताहरु केन्द्रित हुँदा खेलकुद क्षेत्रको विकासमा उनीहरुको दृष्टिकोण पुग्न नसकेको उहाँको भनाई थियो । प्रमुख गुरुङले भन्नु भयो, ‘राज्यले खेलकुदको विकासमा दृष्टिकोण दिनुपर्छ । खेलकुद प्रशिक्षण दिनेकाम राज्यले दिनुपर्छ । खेलकुदको विकासमा राज्यले मात्रै नभई निजी क्षेत्रको पनि सहयोग भए प्रवद्र्धन हुन सक्छ । कर्पोरेटको व्यवसायिक प्रवद्र्धन भएको छ । कर्पोरेट समूहको लगानीले खेलकुदमा टेवा पुगेको छ ।’

खेलकुदको विकासलाई अर्थले पनि निर्देशित गर्ने भन्दै प्रदेश प्रमुख गुरुङले आर्थिक कमीले खेलकुद अत्यन्तै पिछडिएको लघु अवस्थामा रहेको उल्लेख गर्नु भयो । हिजो फुटबल मात्रै खेलकुद भन्ने भान भएपनि अहिले खेलकुद व्यापक भएको उहाँले बताउनु भयो । अन्तर्राष्ट्रिय क्षेत्रमा स्पोर्टसम्यानसिप देखाउन सक्यो भने आर्थिक रुपमा बलियो बन्न सकिने पनि प्रदेश प्रमुख गुरुङले बताउनु भयो ।

अधिवेशनले जगनबहादुर गुरुङको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।