२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा पहिरोबाट चारको मृत्यु, सात घाइते



अ+ अ-

पोखरा  । पोखरामा पहिरो जादाँ चार जनाको मृत्यु भएको छ भने सात जना नै घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किदा आएको पहिरोले घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् । 

स्थानीय टंकबहादुर थापाको घर बगाउँदा दश जना मध्ये तीन जनाको मृत्यु भएको र सात जना घाइते छन् । घाइतेहरुलाई स्थानीय र प्रहरीको संक्रियातामा अस्पताल पुर्याएको छ । उनीहरुलाई मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो । 

राती बर्थडे मनाउन अन्य इस्टमित्र समेत आएका कारण घरमा कति जना थिए भन्ने थाहा हुन नसकेको हमालले बताउनुभयो । अन्य हराइ रहेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको छ । त्यसै गरी पोखरा २५ हेम्जामा घर पछाडिबाट पहिरो आउँदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।