११ श्रावण २०८३, सोमबार
,
Latest
इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रारा ट्रेल रनको उपाधि बुढाले जिते



अ+ अ-

मुगु। नेपाली सेनाले आयोजना गरेको ‘रारा ट्रेल रन’ को उपाधि जुम्लाका युगराज बुढा र सुनमाया बुढाले जितेका छन् ।

नेपाल सबैभन्दा ठूलो ताल रारा वरिपरि १६ किमी दूरी तोकेर नेपाली सेनाले रारा ट्रेल रनको आयोजना गरेको थियो । आज आयोजित ट्रेल रनमा पुरूषतर्फ कनकासुन्दरी गाउँपालिका–३ जुम्लाका युगराज बुढाले निर्धारित दूरी एक घण्टा १२ मिनेटमा पार गर्दै प्रथम भएका थिए भने सोही गाउँपालिकाका–१ का सोमबहादुर रावत द्वितीय र वडा नं २ का चन्द्र रावतले तृतीय स्थान प्राप्त गरेका थिए ।

महिलातर्फ पातारासी गाउँपालिका–२ जुम्लाकै सुनमाया बुढा प्रथम, कल्पना बुढा द्वितीय र राज्यलक्ष्मी रावल तृतीय भएको आयोजक हनुमान ध्वज गुल्म राराका गुल्मपति खिमबहादुर अधिकारीले जानकारी गराउनुभयो ।

प्रथम हुने खेलाडीलाई उत्तर पश्चिम पृतनापति तथा उपरथी अनुपजङ्ग थापाले, द्वितीय हुने खेलाडीलाई बाहिनीपति तथा सहायकरथी सञ्जय देउजा र तृतीय हुने खेलाडीलाई प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले नगद पुरस्कार, प्रमाणपत्र र मेडल वितरण गर्नुभएको थियो ।

प्रथम हुने खेलाडीलाई नगद रू ५० हजार, द्वितीयलाई रू ३० हजार र तृतीयलाई २० हजार नगदसहित प्रमाणपत्र र मेडलसहित पुरस्कार प्रदान गरिएको छ ।

पाँचौँ रारा ट्रेल रनमा सहभागी २१३ जना खेलाडीमध्ये ५५ वर्षीय उत्तर पश्चिम पृतनापति अनुपजङ्ग थापा ज्येष्ठ खेलाडी सहभागी हुनुभएको थियो । कर्णालीको पर्यटनको प्रचारप्रसार गर्न र जगबाटै राष्ट्रिय अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाले प्रत्यक वर्ष रारा ट्रेल रनको आयोजना गर्दै आएको छ । रासस