१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल गरिबी र बेरोजगारीको दुष्चक्रबाट माथि उठ्ने सम्भावना बढ्योः पूर्वप्रधानमन्त्री भट्टराई



अ+ अ-

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरिबी र बेरोजगारीको दुष्चक्रबाट नेपाल माथि उठ्नसक्ने सम्भावना बढेको बताउनुभएको छ ।

मणिकर कार्कीको पुस्तक अर्थदृष्टि लोकार्पण समारोहमा बोल्दै उहाँले नेपालले २१ औं शताब्दीमा विश्वसँग पदचाप मिलाएर जानसकेमा अल्पविकसित, गरिबी, बेरोजगारी र परनिर्भरताको अन्त्य हुने बताउनुभएको हो ।

उहाँले हामीहरुले लोकतन्त्र ल्यायौं, विश्वका नागरिक सरहको राजनीतिक अधिकारहरु लेखेको भएपनि परिवर्तनबाट वित्तीय संस्था, राजनीतिक संस्था र भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरुलाई बलियो बनाउन नसक्दा पछि पर्दै गएको स्पष्ट पार्नुभयो । अबको विकास एशियाली मुलुकहरुतर्फ बढिरहेकोले नेपालले पनि विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु आजको आवश्यकता भएको डा. भट्टराईको भनाई थियो । उहाँले हिजोको साम्यवादले आज काम नहुने भन्दै नाम जेसुकै दिएपनि बृद्धि, वितरण, दिगोपन र खुशीपन सहितको सन्तुलन भएको बाटो नै अवको बाटो भएकाले यसतर्फ गम्भीर हुनुपर्ने समय आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा हामी सबै समृद्धिको निमित्त जुन चिन्ता गरिरहेका छौं, विभिन्न नाराहरु विभिन्न पार्टीहरु र व्यक्तिहरुले आफ्नै ढंगले लगाउँदै आएका छौं । तर वर्षौदेखि हामी फेरि अल्पविकास गरिबी बेरोजगारी र परनिर्भरताको जुन दुश्चक्रमा फसेका छौं त्यसबाट निस्कने अनेक प्रयत्न गर्दागर्दै सकिरहेका छैनौं । त्यसले एउटा गम्भीर विमर्शको माग चाहीँ गर्छ । त्यसैले यो पुस्तकको महत्वपूर्ण पक्ष पनि विचार विमर्शको माग हो । अब नेपालले विश्वसँग पदचाप मिलाएर जानसक्यो खासगरी छिमेकका दुई ठूला अर्थतन्त्र भएका मुलुकसँग पदचाप मिलाएर जानसक्यो भने नेपालपनि गरिबी, बेरोजगारीको जुन दुश्चक्रमा परेका छौं त्यसभन्दा माथि उठ्नसक्ने सम्भावना बढेको छ । यदी यसैलाई ध्यान दिएर हामी आगाडि जाने हो । तर किन यो भइरहेको छैन भने हामीले लोकतन्त्र ल्यायौं, विश्वका नागरिक सरहको राजनीतिक अधिकारहरु त लेख्यौं, इच्ष्टिच्यूटहरु हामी बनाउँदैछौं, चेतना शिक्षा पनि फैलिँदैछ । अब हामीले संरचना बलियो सकेनौं । त्यसैले अब संरचना बलियो बनाउनेतर्फ लाग्नुपर्छ । तर, हामीले यसबाट पाठ सिकेर राजनीतिक परिवर्तन भएपनि वित्तिय संस्थाहरु, राजनीतिक संस्थाहरु, भ्रष्टाचार नियन्त्रण गर्ने संस्थालाई बलियो बनाउँदै आर्थिक स्तरबृद्धितर्फ लाग्नु आजको आवश्यकता हो । त्यसैले अबको विकास एसियाली मुलुकहरुतर्फ बढिरहेकाले विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु नै आजको आवश्यकता हो । त्यसैगरी पर्यावरण सन्तुलन कायम गर्नेतर्फ पनि काम गर्नु आजको मुख्य आवश्यकता हो । हिजोको साम्यवादले काम हुँदैन तर नाम जेसुकै नाम दिएपनि वृद्धि, वितरण, दिगोपन र खुशीपन सहितको सन्तुलन भएको बाटो नै अबको बाटो भएकोले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । दलका आआफ्ना राजनीतिक प्रतिवद्धता हुन्छन् तर देशको हकमा भने साझा धारणा बनाउनुपर्छ । त्यसले समृद्ध नेपाल बन्छ ।’ 

उहाँले अर्को मुख्य विषय भनेको पर्यावरण सन्तुलन कायम गर्नुपर्नेतर्फ काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।