३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दाबन्दीका बेला ५८ प्रतिशत हिंसा घरभित्रै



अ+ अ-

काठमाडौं । अभिलेखीकरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५८ प्रतिशत अर्थात् ४ सय ९० वटा घटना घरभित्रकै सदस्यको संलग्नतामा भएको पाइएको छ । कोरोना संक्रमणका कारण भएको बन्दाबन्दीको समयमा ओरेक नेपालले गरेको पछिल्लो ३ महिनाको अनुसन्धानमा ८ सय ४३ जना महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखीकरण गरेको छ ।

हिंसा प्रभावितमध्ये सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका २ सय ५९ जना, २६ देखि ३५ वर्ष उमेर समूहका २ सय ३९ जना, १६ वर्षभन्दा कम उमेर समूहका १ सय ४३ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका १ सय ६ जना र बाँकी अन्य उमेर समूहका रहेका छन् । यस्तै गरी हिंसाका आरोपित व्यक्तिमध्ये २ सय ८४ जना २६ देखि ३५ वर्ष उमेर समूहका, १ सय ९७ जना ३६ देखि ४५ वर्ष उमेर समूहका, १ सय ८० जना १७ देखि २५ वर्ष उमेर समूहका, १ सय १२ जना ४६ वर्षभन्दा माथिका, ७ जना १६ वर्षभन्दा कम उमेरका र ८९ जना उमेर समूह थाहा नभएका रहेका छन् ।

घरेलु हिंसा प्रभावितले नै घर छोड्नुपर्ने, समयमा न्यायीक कारबाही नहुने, पीडकले पटक–पटक धम्की दिने, सामाजिकरूपमा लाल्छना खप्नुपर्ने, पारिवारिक र सामाजिक सहयोगको कमी हुने, बालबालिकाको पालनपोषणका लागि चुनौती खप्नुपर्ने जस्ता कारणले गर्दा अझ धेरै घटना बाहिर आउन नसकेको ओरेक नेपालले जनाएको छ ।

यसका लागि सरकारले घरेलु हिंसामा संलग्न व्यक्तिलाई कानुनी कारबाही र आवश्यकताअनुसार सुधार गृहमा राख्ने र प्रभावितलाई घरमा नै सुरक्षितरूपमा रहने वातावरण निर्माण गरी प्रभावितको शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनका लागि सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।