२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ज्योतिष’ अर्जुन क्षत्री पक्राउ



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्योतिष अर्जुन थापा क्षत्री पक्राउ गरेको छ । बिहीबार क्षत्रीसहित ३ जनालाई आयोगको टोलीले पक्राउ गरेको हो । 

क्षत्रीसहित ३ जनाले आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै  नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै चार करोड मागेको स्रोतले बतायो । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेको स्रोतको दावि छ । 

उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षत्रीसहित तीनजना अख्तियारको फन्दामा परेका हुन् । क्षत्री यसअघि पनि नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेर छुटेका थिए ।