२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल
फाइल फोटो
अ अ+ अ-

विराटनगर। कोशी प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि आज छलफल भएको छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ को उपनियम १ बमोजिम सुरु भएको उक्त छलफलमा कोशी प्रदेशसभा सदस्यहरु गोम्बु शेर्पा, नारायणबहादुर मगर, सम्झना तामाङ थाम्साङ, मीना श्रेष्ठ, निर्मला लिम्बू, भीम पराजुली, मैया श्रेष्ठ, गोविन्द गिरी, डोल्मा तामाङ, कमला दर्नाल, रोहितबहादुर कार्की, नीरन राई, रामप्रसाद महतो, निमसरी राजवंशी, शोभा चेम्जोङ र गोपालबहादुर विश्वकर्माले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

यसअघि प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार बजेट निर्माण गरेर जनतालाई सेवा सुविधा दिनुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले भाषा आयोगले कोशी प्रदेशमा कामकाजका लागि सिफारिस गरेको मैथिली र लिम्बू भाषालाई कार्यान्वयमा लैजानुपर्ने भन्दै जनताको दैनिक जीवनमा अनुभूति हुने किसिमको बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो ।

शून्य समय

शून्य समयमा मुलुकको समसामयिक विषयमा कोशी प्रदेशसभा सदस्यहरु भक्तिप्रसाद सिटौला, हिमाल कार्की र इस्राइल मञ्जुरीले विभिन्न समस्यामा सरकार गम्भीर हुनुपर्ने बताए । कोशी प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।