२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पछिल्लो २४ घण्टामा साढे २६ हजार कोरोना संक्रमित थपिए



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा साढे २६ हजार जनामा कोरोना भाइरस देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसका २६ हजार ५०६ नयाँ संक्रमित थपिएका हुन् । यो एकैदिनमा थपिएका सबैभन्दा कोरोना संक्रमितको संख्या हो ।

यससँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात लाख ९३ हजार ८०२ पुगेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २१ हजार ६०४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कारण ४७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ३० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने नौ हजार ६६७ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि कोरोना भाइरसका एक लाख सात हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार २५८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा ३२ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ८६२ जनाको मृत्यु भएको छ । 
अहिलेसम्म कोरोना भाइरसका चार लाख ९५ हजार ५१६ जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।