१५ असार २०८३, सोमबार
,
Latest
बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेकुमा एचआइभीको औषधि नियमित



अ+ अ-

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी सङ्क्रमित नियमित औषधि लिन आउने गरेका छन् । कोभिड–१९ को उपचारका लागि तोकिएको यस अस्पतालमा पहिले दिइँदै आएका कतिपय सेवा अन्यत्र सारिए पनि यो सेवा यहीँबाट दिइँदै आएको छ । 

कोभिड–१९ सङ्क्रमण बढिरहेकाले अधिकांश सेवा अरु अस्पतालमा सरिएको छ । एचआइभी सङ्क्रमितमध्ये जटिल समस्या भएकालाई अरु अस्पतालाट सेवा दिइने गरे पनि सामान्य अवस्थाका सङ्क्रमित यहीँ औषधि लिन आउने गरेको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताउनुभयो । यो अस्पताल एचआइभीमैत्री भए पनि अन्यत्र यस्तो वातावरण नपाइने भन्ने गुनासो आउने गरेको उनले बताए । उनले भने, “उहाँहरुलाई यहाँ जस्तो सहज नभए पनि अहिलेको अवस्थामा जानैपर्छ ।”

अस्पतालले सेवा अरु अस्पतालमा सारेपछि कतिपयले दुःख मनाउ गर्ने गरेको निर्देशक डा राजभण्डारीले बताए । एचआइभी सङ्क्रमितले  सोचेजस्तो सेवा नपाएको भनी गुनासो गर्ने गरेका छन् । उनीहरु एकदेखि दुई महिनामा एक पटक औषधि लिन आउने गरेका हुन् । अस्पतालमै भर्ना हुनुपर्ने गम्भीर बिरामी वीर अस्पताललगायतका अस्पतालमा जाने गरेका छन् । अस्पतालले यो सेवासँगै रेविजविरुद्धको खोप यहीँबाट सञ्चालन गर्दै आएको छ । यो सेवा अरु अस्पतालमा सार्न सहज नभएको भनी यहीँबाट सेवा सञ्चालन भइरहेको हो ।