३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

सिल्करोड फोरमले नेपाललाई आर्थिक रुपमा सशक्त बनाउन मद्दत गर्दछ–तिमिल्सिना

सिल्करोड फोरमले नेपाललाई आर्थिक रुपमा सशक्त बनाउन मद्दत गर्दछ–तिमिल्सिना
अ+ अ-

सियान: राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सिल्करोड फोरमले नेपाललाई भौतिक र प्रविधिको बिकासबाट आर्थिक रुपमा सशक्त बनाउन मद्दत गर्ने धारणा ब्यक्त गर्नुभएको छ ।

चीनको सियान शहरमा भैरहेको सिल्करोड फोरमको छैठौ श्रृङ्गखलाई बिहीबार सम्बोधन गर्दै पूर्व अध्यक्ष तिमिल्सिनाले सिल्क रोड फोरमले आधारभूत संरचना , व्यापार , निवेश , संस्कृति र डिजिटल कनेक्टिभिटी जस्ता क्षेत्रहरुमा सहकार्य लाई प्रोत्साहन गर्ने भएकाले नेपालले भौतिक र प्रविधिको बिकासबाट आर्थिक रुपमा सशक्त बनाउन मद्दत गर्ने धारणा ब्यक्त गर्नुभएको हो ।

‘बिआरआईको सहयोगमा नेपालले आफ्नो भौगोलिक अवस्थालाई अवसरमा परिणत गर्न सक्छ । यसका लागि नेपाल सरकारको दृढ इच्छाशक्ति , पारदर्शिता र दिर्घकालिन योजना हुनुपर्छ।’ उहाँले भन्नुभयो, ‘चीनसंग बढ्दो कनेक्टिभिटीले नेपाली उत्पादनहरुको बजार बिस्तार र पहुचमा मद्दत पुग्दछ भने नेपालको पर्यटन बिकास र प्रवर्द्धनमा सिल्करोडले अन्तर्राष्ट्रिय पर्यटक प्रवाहमा जोड्न सक्छ।’

उहाँले नेपालले दक्षिण एशिया र मध्य एशियासंग आफ्नो सहकार्य लाई गुणात्मक रुपले बढाउन सिल्करोड फोरमले सहयोग गर्ने बताउँदै नेपालले आफ्नो भौगोलिक अवस्थालाई अवसरमा परिणत गर्न नेपाल सरकारको दृढ इच्छाशक्ति , पारदर्शिता र दिर्घकालिन योजना बनाउन जरुरी छ भन्नुभयो ।

पूर्व अध्यक्ष तिमिल्सिनाले चीनले सिल्क रोड फोरमको महत्त्वपूर्ण प्लेटफर्म मार्फत बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोगका नयाँ अवशरहरु, नयाँ उपलब्धी र नयाँ ढाँचाहरु विश्वलाई प्रस्तुत गरेको चर्चा गर्दै त्यसले फोरममा आबद्ध देशहरुमा नीतिगत सञ्चार सुविधा , अन्तरसम्बन्ध , ब्यापार , वित्त पोषण र जनता जनतन विच सञ्चारको गहन एकीकरण र समन्वित विकास लाई प्रभावकारी रुपमा प्रवर्द्धन गरेको गरेको बताउनुभयो । उहाँले फोरमले बेल्ट एण्ड रोड देशहरु बिच आपूर्ति शृङ्खला र औद्योगिक शृङ्खला एकीकरणलाई गहिरो गरि प्रवर्द्धन गर्नमा केन्द्रित हुनेछ र सांस्कृतिक आदानप्रदान , आर्थिक , व्यापार सहयोग , बिज्ञान प्रविधि र शिक्षाको लागि एक व्यापक अन्तर्राष्ट्रिय सहयोग प्लेटफर्म निर्माण गर्न अधिकतम् प्रयास गर्ने विश्वास पनि ब्यक्त गर्नुभयो ।