१५ असार २०८३, सोमबार
,
Latest
बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा भिषण बाढी पहिरो, तीन जनाको मृत्यु, ३१ बेपत्ता



अ+ अ-

काठमाडौँ । दुई दिन यतादेखि लगातार रुपमा भएको वर्षाका कारण आएको बाढीमा र पहिरोमा परी म्याग्दीमा कम्तीमा पनि ३ जनाको मृत्यु भएको छ । त्यसैगरी त्यहाँबाट प्राप्त भएको समाचारमा थप ३१ जना व्यक्ति बेपत्ता भएका बताइएको छ । म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका– ७ ताकममा बाढीले बगाएपछि २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको छ । म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले बाढी र पहिरोले ठूलो क्षति भएको जानकारी दिएका छन् । 

त्यस्तै रघुगंगा गाउँपालिका– ६ मा बाढीले बगाएर बेपत्ता भएका एक स्थानीयको शव भेटिएको प्रहरीले जनाएको छ । यहाँ अविरल रुपमा परेको पानीका कारण आएको पहिरोबाट धौलागिरि, रघुगंगा र मालिका गाउँपालिका बढी प्रभावित भएको छ । धौलागिरि गाउँपालिका –६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना वेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । पहिरो प्रभावित क्षेत्रमा उद्धार टोली पुगेको प्रजिअ ढकालले जानकारी दिए । ‘रघुगंगामा पुलै बगाएको छ । पहिरो छिचोल्दै जान पनि कठिन भइरहेको छ’ उनले भने ।

उद्धारका लागि उद्धारकर्मी पु¥याउन गृह मन्त्रालयबाट हेलिकप्टर माग गरिएको पनि उनले बताए । पहिरोमा बेपत्ताहरुको खोजी र उद्धारमा समस्या भएकाले गृह मन्त्रालयमार्फत हेलिकप्टर मगाइएको र हेलिकप्टरमार्फत र पैदल गरी उद्धार टोली घटनास्थलमा पुगेपछि मात्र घटनाको यथार्थ आउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रघुगंगा गाउँपालिकामा रघुगंगा खोलाले पुल बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लासम्मको यातायात सम्पर्क बन्द भएको छ ।