३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय चिया दिवसमा कायरोमा कला प्रदर्शनी सुरु



अ+ अ-

काठमाडौँ। इजिप्टको राजधानी कायरोस्थित नेपाली राजदूतावास, त्यहाँको संस्कृति मन्त्रालय र सार्वजनिक पुस्तकालय कोषले अन्तरराष्ट्रिय चिया दिवसको अवसरमा आजदेखि नेपाली चियाको ‘सुवास’ नामक कला प्रदर्शनी सुरु गरेको छ ।

यही मे २७ सम्म सञ्चालन हुने प्रदर्शनीमा चिया संस्कृति सम्बन्धी २५ मुलुकका कलाकारका ६० सिर्जना राखिएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।  इजिप्टका लागि नेपालका राजदूत सुशीलकुमार लम्सालले नेपाली चियाको प्रवर्द्धन र प्रचारप्रसार कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।

उहाँले नेपालमा चियाको आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्वबारे चर्चा गर्दै नेपाल र इजिप्टबीच जनस्तरकोसम्बन्ध विस्तारका लागि सो कला प्रदर्शनीले थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकालय कोषका निर्देशक रेडा अल्ताफीले नेपाली राजदूतावासको संयोजनमा भएको प्रदर्शनीले दुई मुलुकबीचको सम्बन्ध विकास र साँंस्कृतिक आदानप्रदानमा योगदान पु¥याउने विचार व्यक्त गर्नुभयो ।

दूतावासका तृतीय सचिव माधवराज काफ्लेले नेपालको चिया संस्कृतिका विविध आयाम तथा नेपालको चियाखेतीको इतिहास, उत्पादन तथा निर्यातसम्बन्धी प्रस्तुति गर्नुभएको थियो ।

इजिप्ट व्यङ्चित्र सङ्घका अध्यक्ष फौजी मोर्सीले इजिप्टका पर्यटकका लागि नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विरासत आकर्षणको रुपमा रहेको उल्लेख गर्नुभयो । अरबी मुलुकका चिया संस्कृतिका अध्येता मोहम्मद हेजा तथा इजिप्ट चिया व्यवसायी मोहम्मद रशाद तथा मोहम्मद इदले इजिप्ट र नेपालबीचको सम्बन्धबारे चर्चा गर्नुभयो ।

समारोहमा चिया व्यवसायी तथा विशेषज्ञ, कलाकार, विद्यार्थी एवम् तथा कूटनीतिज्ञसहित करिब एक सयजना सहभागी थिए । रासस