२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमानस्थलमा मेरो कार्यकालमा कुनै अनियमितता भएको भए कारबाहीको दायरामा आउँछुः योगेश भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले आफ्नो कार्यकालमा पोखरा विमानस्थलमा कुनै अनियमितता भएको अख्तियारले छानविन गरेको खण्डमा आफू बयान दिन जाने बताउनुभएको छ ।

बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आवश्यक छानविन गरीकन यथार्थ विवरण अख्तियारले पनि समितिमा पठाउन जरुरी रहेको बतउनु भयो । उहाँले साथै आवश्यक कारबाही गर्न पछि हट्न नहुने बताउनु भयो । निर्णयको प्रक्रियामा आफ्नो पार्टीको कोही संलग्न भएको भए काराबाहीको दायरामा आउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसमा आवश्यक छानविन गरीकन यथार्थ विवरण यहाँ पनि पठाउनुपर्छ अख्तियारले । साथै आवश्यक कारबाही पनि गर्नुपर्छ । यो निर्णयको प्रक्रियामा मेरो पार्टीको पनि कोही संलग्न छौँ, छन् भने कारबाहीको दायरामा हामी आउँछौँ । म टोटल मिडियाको अगाडि भन्छु । मेरो कार्यकालमा पोखरा विमानस्थलमा कुनै अनियमितता भएको अख्तियारले छानविन गर्छ भने म बयान दिन जान्छु । अर्को पयर्टनमन्त्री पनि जाओस् ।’

सांसद भट्टराईले कसैलाई लुकाउन, छिपाउन कसैले पनि नखोेजेको बताउनु भयो ।