५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम पूर्वानुमानलाई प्रत्येक मान्छेसमक्ष पुर्याउनु आजको आवश्यकताः मन्त्री खड्का



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मौसम पूर्वानुमानलाई प्रत्येक मान्छेसमक्ष पु¥याउनु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

जल तथा मौसम विज्ञान विभागले बुधवार काठमाडौंमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मौसम पूर्वानुमानको जानकारी नपुग्दा विशेष गरी हाइड्रोपावर र सिँचाइ आयोजनाहरूमा बढी क्षति हुने गरेको बताउनु भयो । उहाँले ठूलो सङ्ख्यामा काम गर्ने मान्छेहरू हुने र अकस्मातको पानीले सबै बगाएर लैजाने गरेको बताउनु भयो । मन्त्री खड्काले मौसम पूर्वानुमानबारे जानकारी समयमा भएको खण्डमा मानिसहरू सुरक्षित ठाउँमा जाने र बेलैमा सचेत हुन पाइने परिस्थिति निर्माण हुने जिकिर गर्नुभयो । उहाँले यस वर्ष प्रत्येक वडाका जनप्रतिनिधिहरूलाई मौसम पूर्वानुमानको सूचना तथा जानकारीसँग जोड्ने गरी काम गर्न विभागलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “साथीहरूलाई थाहा छ, ठूला ठूला हाइड्रोपावरहरू बन्या छ । सिंंचाईको पनि आयोजनाहरू हुन्छन् । दुवै खोलामा हुन्छन्, ठूलो सङ्ख्यामा त्यही मान्छेहरू काम गर्नुहुन्छ । अकस्मात, कति खेर पानी परेर सबै बगाउँछ । थाहा हुँदैन, दिनभर घाम लागिरहेको हुन्छ । त्यसको अनुमान भइदियो भने पहिले नै मान्छेहरू सुरक्षित ठाउँमा जाने, बचाउन सक्ने कुराहरू जति बचाउने, सम्भव भएसम्म बेलैमा सचेत हुन पाइने । यो प्रविधिको विकास प्रत्येक मान्छेसमक्ष पु¥याउनु आजको आवश्यकता हो । यस वर्ष कम्तीमा प्रत्येक वडाका जनप्रतिनिधिहरूसँग कुन प्रविधि प्रयोग गरेर हुन्छ, जोड्ने गरी काम गर्नुहोला ।”

उहाँले मौसमसम्बन्धी जानकारीका विषयवस्तुलाई विद्यालय स्तरदेखि पुस्तक वा पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।