२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षयले परेश रावलविरुद्ध २५ करोडको मुद्दा दायर गरे, ‘हेरा फेरी ३’को शुटिङ बीचैमा छोडेको आरोप



अ+ अ-

एजेन्सी । बलिउड फिल्म ‘हेरा फेरी ३’ केही समयदेखि चर्चामा छ । अभिनेता परेश रावलले यो फिल्ममा काम गर्न अस्वीकार गरेका छन् ।

यसैबीच, अभिनेता अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस ‘केप अफ गुड फिल्म्स’मार्फत परेश रावललाई कानुनी सूचना पठाएको खबर छ ।

यस सूचनामा रावलले फिल्मको छायांकन बीचैमा छोडेर अव्यवसायिक तरिका अपनाएकोमा अक्षयले २५ करोड रुपैयाँ माग गरेका छन् ।

अक्षय कुमार यस फिल्मका मुख्य अभिनेताका साथै निर्माता पनि हुन् । उनले फिरोज नाडियाडवालाबाट फिल्म हेरा फेरी ३ को अधिकार कानुनी रूपमा खरिद गरेका छन् ।

एचटीको रिपोर्ट अनुसार, मुद्दासँग सम्बन्धित एक कानुनी स्रोतले भन्यो, ‘परेश रावलले आफ्नो पेशागत जिम्मेवारी राम्ररी पूरा गरेनन् । यदि उनी फिल्म गर्न चाहँदैनथे भने सुटिङ सुरु हुनुभन्दा अगाडि र पैसा खर्च हुनुभन्दा अगाडि नै उनले अस्वीकार गर्नुपर्थ्यो । अब बलिउडमा यो कुरा स्पष्ट पार्नुपर्ने समय आएको छ कि हलिउडमा जस्तै यहाँ पनि कोही पनि आफ्नो इच्छाले फिल्म छोड्न सक्दैन ।’

स्रोतका अनुसार यो फिल्मका लागि उनलाई सामान्य पारिश्रमिकभन्दा तीन गुणा बढी पारिश्रमिक दिइँदै थियो ।

फिल्म निर्माता प्रियादर्शनले आफ्नो प्रतिक्रिया दिएका छन् । हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले भने कि अक्षयले फिल्ममा आफ्नै पैसा लगानी गरेकाले कानुनी कारबाही अगाडि बढाउने अधिकार छ ।

बलिउड हंगामाको रिपोर्ट अनुसार, परेश रावल आफैंले फिल्म हेरा फेरी ३ छोडेको पुष्टि गरेका छन् । फिल्म छोड्नुको कारण निर्माताहरूसँगको रचनात्मक मतभेद रहेको बताइएको छ ।

२०२२ मा, अक्षय कुमारले पनि फिल्मबाट पछि हटे, जसले दर्शकहरूलाई निराश बनायो, तर पछि उनी फिल्ममा फर्किए । त्यस्तै, परेश रावलले पनि पुनरागमन गर्न सक्ने अपेक्षा गरिएको छ ।