चितवन । अवैध रुपमा रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा भरतपुर मेडिकल कलेजका चारजना डाक्टरहरु पक्राउ परेका छन् । प्रहरीले चितवनको भरतपुरबाट चार जना डाक्टरलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अस्पतालको मृगौला रोग विभागका प्रमुख प्राडा. राकेश वर्मा, प्राडा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ रहेका छन् डा.सुप्रभात श्रेष्ठ कलेजका कार्यकारी अधिकृत र मेडिकल काउन्सिलका सदस्य पनि हुन । चिकित्सक संगै जिल्ला प्रशासन कार्यलय चितवनका एक कर्मचारी पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
काठमाण्डौ बाट गएको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं ल्याउदैँ छ। यस विषयमा ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ। एकजना नेपाली नागरिकलाई भारतीय नागरिक बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।