२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्ताहव्यापी कार्यक्रम गरी हेड्स नेपालले मनायो ३२ औं स्थापना दिवस



अ+ अ-

गोरखा । सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी स्वास्थ्य, शिक्षा, कृषि तथा विकास समाज (हेड्स नेपाल)ले ३२ औं स्थापना दिवस मनाएको छ ।

यस अवसरमा वैशाख ३१ गते संस्थाको स्थापना गाउँ भिमसेन थापा गाउँपालिका, वडा नं. ५ स्थित बगुवामा २६ जनाको सहभागितामा पुष्प खेती तालिम दिइएको छ । यस्तै बगुवा शाखाका ८ जना पूर्वअध्यक्षहरूलाई सम्मान, सोही गाउँपालिकामा हेड्स नेपालले देशको विभिन्न सुमदायमा पुर्‍याउँदै आएको सेवा कार्यहरू बारेमा अन्तक्रिया तथा जग्गा दाताहरूलाई सम्मान गरिएको छ । कृषि गतिविधिमा सहयोग पुर्‍याउन उहाँहरूले संस्थालाई ३७ रोपनी जग्गा दान गर्नुभएको थियो ।

यस्तै जेठ १ गते स्थापना दिवसको अवसरमा गोरखा शाखाको आयोजनामा गरिएको कार्यक्रममा १७ जनाले रक्तदान गर्नुभएको थियो । साथै गोरखनाथ मन्दिरमा रोट चढाउने, शाखा कार्यालय, गोरखा र केन्द्रीय काठमाण्डौंमा दीप प्रज्वलन तथा जेठ २ गते ‘विद्यालय शिक्षामा सामाजिक सञ्जालको भूमिका’ विषयक निबन्ध प्रतियोगिता सम्पन्न गरेको थियो ।

जेठ ३ गते शनिबार हेड्स नेपाल केन्द्रीय कार्यालय, बनस्थलीमा निबन्ध प्रतियोगिता बिजेता छात्र छात्राहरूलाई पुरस्कार वितरण गरिएको थियो । सोही दिन “हेड्स नेपालको विगतदेखि वर्तमान” विषयक अन्तर्कियामा पूर्व पदाधिकारीहरू सुकुमार श्रेष्ठ र रामकृष्ण धरेलबाट संस्थाको विद्यमान अवस्थामा आईपुग्दासम्मका आरोह–अवरोह बारेमा आ–आफ्नो अनुभवहरू आदानप्रदान गर्नुभएको थियो ।

सोहि अनुभवहरूलाई समेट्दै संस्थाका अध्यक्ष दिलिप देवकोटाले आफ्नो कार्यकालमा भई रहेका गतिविधिहरूलाई जोड दिँदै आगामी दिनमा संस्थालाई अझै उचाइमा पुर्‍याउनका लागि अगाडि बढ्ने दृढ प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

यस्तै जेठ ६ गतेका दिन संस्थाका पदाधिकारीहरूबाट कान्ति बाल अस्पतालमा उपचाररत बालकलाई नगद तथा फलफूल हस्तान्तरणबिच वार्षिकोत्सव कार्यक्रम समापन भएको छ ।