२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
अ अ+ अ-

गुल्मी । मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समय मन्दिर पुन:निर्माण गरिएसँगै यहाँ आउने भक्तजन एवं पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

पौराणिक महत्व बोकेको मालीका मन्दिर परिसर वरपर देखिने सुन्दर दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । मालिका मन्दिरमा वर चिच्याएर माग्नुपर्दछ । यहाँ विषेश पर्वहरुमा श्रद्धालुहरुको घुइँचो लाग्छ । यहाँ दर्शन एवं पूजाआजा गर्न गुल्मीलगायत अर्घाखाँची, बागलुङ, प्युठान, बुटवल, काठमाडौँलगायत ठाउँबाट श्रद्धालुहरु आउने गरेका छन् । ज्ञमालिका मन्दिरमा वर मागे र भाकल गरेपछि मनले चिताएको कुरा सबै पूरा हुन्छ भन्ने जनविश्वास छ । भाकल गरेपछि परेवा उडाउने र बली दिने प्रचलन छ ।

मन्दिर नजिकैको ठूलो चट्टानबाट निस्किएको पानीको मूल यस मन्दिरमा पुग्नेहरुका लागि थप सुन्दर र आकर्षक मानिन्छ । सानो पानीको कुण्डमा रङ्गिबिरङ्गी माछाहरु तैरिरहेको दृश्यले त्यहाँ पुग्ने जोकोहीको मन लोभ्याउँछ । मालिका मन्दिरमा बैकुण्ठ चतुर्दशी एवं कार्तिक शुक्ल चतुर्दशीमा हजारौँ भक्तजनको घुइँचो लाग्ने स्थानीय  ज्ञानहरी सापकोटाले बताउनुभयो ।

मालिका क्षेत्रमा किम्मु, बर र सिमलका रुखहरु रहेका र तिनै रुखको फेदमा माल्या श्री नामका ऋषिले तपस्या गरेको भन्ने किम्बदन्ती छ । उक्त क्षेत्रमा प्रशस्त मात्रामा वनजङ्गल रहेकाले जङ्गली जनावर र चराचुरुङ्गीको वासस्थान रहेको छ । पानीको हाहाकार भएपछि त्यसै समयमा देवी प्रकट भएर वरदान मागभन्दा माल्याश्री ऋषिले पानीको अभावले प्राणीहरुले दु:ख पाएको भनेर पुकार गरेपछि देवी मालीका भगवती प्रसन्न भएर मन्दिर परिशरमा जलकुण्ड निकाली जीवन रक्षा गरेको भन्ने पौराणिक मान्यता छ । चट्टानको बीचमा सानो जलकुण्ड छ । यहाँ साउन र माघ महिनामा बली चढ्दैन ।

मन्दिर नजिकै स्वाँरामा होमस्टे (घरबास) सञ्चालन गरिएको छ । मन्दिरबाट फर्केपछि दर्शनार्थीहरु होमस्टेमा बास बस्नुका साथै रैथाने बस्तुका विभिन्न परिकारको स्वाद लिने गरेका छन् । मालिका क्षेत्रको विकासका लागि मुसिकोट नगरपालिकाले सडक, खानेपानी, मन्दिर पुन:र्निमाण, व्यवस्थापन लगायतका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको नगरप्रमुख जीवलाल खरेलले बताउनुभयो । रासस