११ श्रावण २०८३, सोमबार
,
Latest
परराष्ट्र मन्त्रालयको गतिविधिले कुटनीतिक इतिहास लेख्न गाह्रो भयोः इतिहासविद् पोखरेल माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता देवानगञ्ज घटनाको मानव अधिकार आयोगले अनुसन्धान गर्ने नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ व्यावसायिक योजना बिना बनेका विमानस्थलमा करोडौँ लगानी, चार विमानस्थल वर्षौँदेखि बन्द काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ : आँपको स्वादसँगै व्यापार र कूटनीतिक सम्बन्ध प्रवर्द्धन झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभामा विभिन्न विधेयक तथा प्रतिवेदन पेस



अ+ अ-

मकवानपुर। चकच च च को आजको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बागमतीका मुख्य न्यायाधीवक्ता कार्यालयको २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।

उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) विधेयक प्रस्तुत गर्नुभयो ।

यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले ‘प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ प्रस्तुत गर्नुभयो ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकालले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमा सम्बन्धित समितिको प्रतिवेदन २०८१ पेस गर्नुभयो ।

यसैगरी उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ लाई प्रस्तुत गर्नुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी राखेको  स्तावमाथि बुधबार र बिहीबार बस्ने बैठकमा पूर्ण छलफल गरिने कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी गराउनुभयो ।

प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ । रासस