हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१६ गैरीगाउँमा १९ दिनअघि जमिनमुनि भासिएको गाडीका पार्टपुर्जा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार खोजीक्रममा गाडीका केही भाग भेटिएका हुन्।
वैशाख १९ गते ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी जमिनमा भासिएको थियो। भूगर्भ विभागको सुझावअनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले क्रेन र स्काभेटर प्रयोग गरेर खोजी तीव्र पारेका थिए।










