११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौंडामा जमिनमुनि दबिएको गाडीको पार्टपुर्जा फेला



अ+ अ-

हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१६ गैरीगाउँमा १९ दिनअघि जमिनमुनि भासिएको गाडीका पार्टपुर्जा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार खोजीक्रममा गाडीका केही भाग भेटिएका हुन्।

वैशाख १९ गते ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी जमिनमा भासिएको थियो। भूगर्भ विभागको सुझावअनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले क्रेन र स्काभेटर प्रयोग गरेर खोजी तीव्र पारेका थिए।