२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

पर्वतका छ स्थानीय तहले निर्माण गरे आफ्नै भवन

पर्वतका छ स्थानीय तहले निर्माण गरे आफ्नै भवन
अ अ+ अ-

पर्वत। स्थानीय तह कार्यान्वनमा आएको नौ वर्षमा यहाँ छ वटा स्थानीय तहले आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्दै आएका छन् ।

महाशिला गाउँपालिकाले साविक बालाकोट गाविसको कार्यालयबाट सेवाप्रवाह गर्दै आएकोमा हालै आफ्नै भवन निर्माण सम्पन्न गरेको छ । स्थापनाकालदेखि भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको मोदी गाउँपालिकाले विसं २०८० माघदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।

यसैगरी पैँयूगाउँपालिकाले गत साउन २५ गतेदेखि आफ्नै भवनवाट सेवाप्रवाह सुरु गरेको हो । विहादी गाउँपालिकाले पनि विगत तीन वर्षदेखि आफ्नै कार्यालयबाट सेवा दिँदै आएको छ । जलजला गाउँपालिकाले गत जेठ १ गतेदेखि आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न थालेको हो । फलेवास नगरपालिकाको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

ग्रामीण र दुरदराजका स्थानीय तहले वडा कार्यालय र पालिका कार्यालय निर्माण गरिसक्दा सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाले बल्ल भवन निर्माण सुरु गरेको हो । गत मङ्सिर देखि भवन निर्माण सुरु भएको हो । हालसम्म करिब २० प्रतिशत काम भएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु १४ करोडमा बन्ने सो भवन लिफ्टसहित साढे छ तलाको हुने छ । कुश्मा नगरपालिकाले चारवटा घर भाडामा लिएर कार्यालय र शाखा सञ्चालन गरेको छ । मासिक रु एक लाख ५० हजार भाडा तिर्दै आएको छ । रासस