२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन’



अ+ अ-

दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको बताउनुभएको छ ।

कम्युनिष्ट नेता नेत्रलाल अभागीको ४१औँ स्मृति दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले पूर्वराजाका समर्थकहरुले गर्ने भनेको आन्दोलन जनताका विरूद्ध हुने बताउनुभयो ।

युवाहरुले विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने उहाँको तर्क छ । “देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्छ । विदेश जानु केहीको बाध्यता भए पनि धेरै रहरले विदेश जाने गरेका छन्”, उहाँले भन्नुभयो ।

दाङमा कम्युनिष्ट पार्टी स्थापना हुनुमा नेत्रलाल अभागीको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै उहाँले भन्नुभयो, “अभागी विद्यालयको प्राध्यानाध्यापकको जागिर छोडेर कम्युनिष्ट पार्टीको सङ्गठन विस्तारमा लाग्नु भएको थियो । उहाँ कुसल शिक्षक र कुसल साहित्यकार हुनुहुन्थ्यो ।”

लोभ लालचा नभएको इमान्दार नेता नेत्रलालको जीवनीबाट सबैले पाठ सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस