२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले राजा ल्याउनु हुँदैनः नारायणमान बिजुक्छे



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने बताउनुभएको छ ।

मंगलवार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै उहाँले नेपालमा अहिले राजतन्त्र ल्याउन नहुने बताउनुभएको हो ।

उहाँले संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालिन राजा ज्ञानेन्द्र शाह राजाबाट हट्नुपरेको बताउनु भयो । उहाँले भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको खण्डमा देशमा युद्ध हुने बताउनु भयो । उहाँले राजतन्त्र पुनःस्थापनका लागि बन्दुक बाहेकको उपाय नरहेको र बन्दुक उठाएपछि फेरि त्यसको बिरुद्धमा लडाईं हुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजा सर्वशक्तिमान छ तर यहाँको राजाले मुसा मार्न पनि सक्दैन भनेर बेलायतको संविधानमा लेख्यो तर त्यस्तो राजा त राजा पनि होइन । यहाँ पनि त्यस्तो मान्ने भए त मानिहाल्थे नि । अहिलेको राजाले त सबैलाई जेलमा हालिदियो । बिरोध भएर गयो । फेरि त्यो आयो भने फेरि जान्छ । बाँकी त रहँदैन नि । यदी त्यसलाई इण्डियाले वा अमेरिकाले ल्याएको हो भने लडाईं हुन्छ देशमा । बन्दुक बाहेक अरु उपाय त जनताले मान्दैनन् । अफगानिस्तानमा पनि राजालाई पछि बोलाएको हो । गद्दीमा अब बस्दिन भन्यो । बस्नै सक्दैनन् । बरु अहिले हामीलाई डर छ कि पार्टीहरु झगडा गरेर एक दुई वटा नदीनाला बाँकी छ । त्यो नदेलान् । राजा ल्यायो भने राजाले त अहिले बोलाएर सही गराउँछ । सकिन्छ । त्यसकारण अहिले राजालाई ल्याउनु हुँदैन ।’

अध्यक्ष बिजुक्छेले अहिलेका राजनीतिक दलहरुले कार्यकर्ताहरुलाई पैसा, जग्गा बाँड्ने काम मात्रै गरेको आरोप लगाउनु भयो ।