६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भइरहेको बताईएको छ । साथै, दुईबीच नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तको विषयमा पनि कुराकानी हुने बुझिएको छ ।

गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ मा सकिएको थियो । त्यसयता गभर्नर पद रिक्त रहेको छ । सभापति देउवाले यसअघि नै गभर्नरमा अर्थविद् प्रा.डा. विश्व पौडेलको नाम प्रधानमन्त्रीलाई दिइसकेका बताईएको छ ।

सरकारले गत बुधबार अर्थमन्त्री विष्णु पौडेल नेतृत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थमन्त्री पौडेलसहित पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे पनि रहेका छन् ।

समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद बैठकले एक जना नियुक्त गर्ने व्यवस्था छ । तर, गभर्नर सिफारिस समिति बैठक अहिलेसम्म बस्न सकेको छैन ।