१५ असार २०८३, सोमबार
,
Latest
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैपटक उपत्यकामा सनराइज बैंकका पाँचवटा नयाँ शाखा सञ्चालनमा



अ+ अ-

काठमाडौं । सनराइज बैंकले काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकले आइतबार एक कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा चारवटा शाखा कार्यालय र एकवटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो । बैंकले कपन, भङ्गाल, कान्तिपथ, कुमारीगालमा शाखा कार्यालय र हरिसिद्धिमा एक्सटेन्सन शाखा कार्यालय गरी एकैसाथ पाँच वटा कार्यालय सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालयहरुको उद्घाटन गर्दैं बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले कोभिड-१९ को असरका कारण खर्च कटौतिमा ध्यान दिनुपर्ने अवस्था आएपनि पूर्व निर्धारित योजना अनुसार शाखा कार्यालयहरु सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले शाखा कार्यालयको विस्तार भएसँगै त्यस क्षेत्रका नागरिकहरुका लागि बैंकिङ सुविधा सहज हुने र बैंकको व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

सनराइज बैंकको नयाँ शाखा कार्यालयहरु स्थापना भएसँगै शाखा कार्यालयको संख्या १ सय ३४ पुगेको छ । यस्तै बैंकले देशभर १ सय ६० एटिएम काउन्टर, ४८ वटा शाखा रहित बैंकिङ र १० एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा दिदै आएको छ ।