७ असार २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दुकुश हिमालय क्षेत्रमा वायु गुणस्तर संकट र समाधान



अ+ अ-

हालै नेपालमा सम्पन्न सगरमाथा संवादले हिन्दु कुश हिमालय क्षेत्रमा बढी रहेको वायु गुणस्तर संकट प्रति विश्वको ध्यान आकर्षित गरेको छ । हिन्दु कुश हिमालय क्षेत्र नेपालसहित आठ देशहरूमा फैलिएको छ ।

हिन्दु कुश हिमालय क्षेत्र विश्वको पानी प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्ने ठूल्ठूला हिमनदीहरूका कारण तेस्रो ध्रुवको रूपमा चिनिन्छ,। यद्यपि, यो हिन्दु कुश हिमालय क्षेत्रका बासिन्दाहरू प्रदूषणबाट हैरान छन्।

यो क्षेत्रका पारिस्थितिकीय सम्पदाको सामना अहिले गम्भीर वायु प्रदूषणको संकटसँग भइरहेको छ। हिन्दु कुश हिमालय क्षेत्र र नेपालमा वायु गुणस्तरको बिग्रदो अवस्थाले वातावरणीय समस्या मात्र होइन, यो एक सार्वजनिक स्वास्थ्य संकट हो जसको दूरगामी प्रभाव छ ।

वायु गुणस्तर र स्वास्थ्यको जोखिम

तीव्र शहरीकरण, औद्योगिक विस्तार र पारस्परिक प्रदूषणले ओजोन, पीएम २.५ र कालो कार्बन जस्ता हानिकारक प्रदूषकहरूको स्तरमा वृद्धि गरेको छ, जसले मानव स्वास्थ्य, जैविक विविधता र जलवायु उत्थानशीलता र स्थिरतामा ठूलो जोखिम र्पुयाएको छ। २.५माइक्रोमिटर वा सो भन्दा सानो व्यास भएका कणहरूलाई पीएम २.५ भनिन्छ । यस्ता सूक्ष्म र कणहरू सजिलै फोक्सोको गहिरो भागसम्म पुग्न सक्छन्, र रक्तनलीहरूमा समेत प्रवेश गर्न सक्छन्।

यिनको अत्यधिक सानोपन र शरीरको प्राकृतिक सुरक्षात्मक प्रणालीलाई छलेर भित्र छिर्ने क्षमताका कारण पीएम २.५ एक गम्भीर वायु प्रदूषक मानिन्छ। पीएम २.५ मा लामो समयसम्म वा धेरै मात्रामा सम्पर्क हुँदा विभिन्न स्वास्थ्य समस्याहरू उत्पन्न हुन सक्छन जस्तै स्वासप्रश्वास सम्बन्धी रोग दम, ब्रोन्काइटिस तथा मुटुजन्य रोगहरू, स्ट्रोक आदि। पीएम २.५ र अन्य प्रदूषकहरूसँगको लामो समयको सम्पर्कले दम, दीर्घकालीन अवरोधक फोक्सो रोग, फोक्सो क्यान्सर जस्ता श्वासप्रश्वास सम्बन्धी रोगहरू, साथै हृदय रोगहरू र समय अगावै मृत्युहरूसँग जोडिएको छ। बालबालिका, वृद्धवृद्धा र न्यून आय भएका समुदायहरू जस्ता कमजोर वर्गहरू यो संकटको प्रमुख भार व्यहोर्न बाध्य छन जसअनुसार नेपालमा वार्षिक रूपमा हावाप्रदूषणका कारण हजारौं समयअगावै मृत्यु हुने गरेका छन ।

नेपालमा यो स्थिति विशेष रूपमा चिन्ताजनक छ, जहाँ काठमाडौं र पोखरा जस्ता शहरहरू विश्वका सबैभन्दा प्रदूषित शहरी क्षेत्रहरूमा बारम्बार पर्ने गरेका छन्।। वायु प्रदूषणका मुख्य कारणहरूमा सवारी साधनको उत्सर्जन, औद्योगिक गतिविधिहरू र छिमेकी क्षेत्रहरूमा मौसमी फसलका अवशेष जलाउने कार्यहरू रहेका छन, जुन क्षेत्रको विशिष्ट भौगोलिक बनावटले प्रदूषकहरूलाई थुनेर राख्छ। एयर क्वालिटी मॉनिटरिंग स्टेशनहरूको अपर्याप्त संख्याले विश्वसनीय तथ्यांकको कमी र प्रदूषणको ढाँचाको बुझाइलाई सीमित र जटिल बनाएको छ।

यो समस्याले प्रभावकारी नीतिगत निर्णय र क्षेत्रीय सहकार्यमा बाधा र्पुयाएको छ, जुन नेपालमा सम्पन्न सगरमाथा संवादमा उल्लेखनीय रूपमा उठाइएको थियो । हालैको अनुमान अनुसार नेपालमा प्रभावकारी वायु गुणस्तर निगरानी प्रणालीको अभावले नीति निर्माताहरूलाई नियमहरू लागू गर्न वा स्वास्थ्य सल्लाह जारी गर्न आवश्यक वास्तविक समयको डेटा अभाव हुन्छ, जसले नागरिकहरूलाई हानिकारक हावासँग जोखिममा राख्छ।

भारत र बंगलादेशमा कृषि जलाउने कार्यबाट उत्पन्न पारस्परिक प्रदूषणले यो समस्यालाई थप जटिल बनाउँछ, विशेष गरी सुक्खा सिजनमा हावा नेपालतिर प्रदूषकहरू बोक्छ। नाजुक पारिस्थितिक प्रणालीका लागि यो जोखिम अझ उच्च छ, जहाँ हावाप्रदूषणले हिमनदी पग्लने गति बढाउँछ र जैविक विविधतालाई खतरा र्पुयाउँछ, जसले जलवायु संकटलाई बढावा दिँदै तल्लो तटीय क्षेत्रका बस्तीहरूमा लाखौं मानिसहरूका लागि पानी र खाद्य सुरक्षा प्रभावित हुन्छ।

क्षेत्रीय समन्वय र सहकार्य

सगरमाथा संवादमा वायु गुणस्तर र हिन्दु कुश हिमालय क्षेत्रका बासिन्दाहरूको संरक्षणका लागि समन्वित प्रतिक्रियाको तत्काल आवश्यकतालाई जोड दिएको छ। सगरमाथा संवादले हिन्दु कुश हिमालय क्षेत्रमा वायु गुणस्तरका चुनौतीहरू समाधान गर्न क्षेत्रीय समन्वयमा जोड दिएको छ। यो रणनीतिमा एयर क्वालिटी मॉनिटरिंग स्टेशनहरूको पूर्वाधारको विस्तार केन्द्रबिन्दुमा छ।

नेपाल र व्यापक हिन्दु कुश हिमालय क्षेत्रमा स्वच्छ हावा र स्वस्थ भविष्य सुनिश्चित गर्न एक क्षेत्रीय साझा दृष्टिकोण वनाउन आवश्यक देखाइएको छ ।यो पहलले डेटाको उपलब्धता बढाउन, प्रदूषण प्रवृत्तिहरूको राम्रो ट्र्याकिङ र प्रमाणमा आधारित नीतिहरू सूचित गर्न लक्षित गरेको छ। सगरमाथा संवादमा उल्लेखित एक महत्वपूर्ण क्षेत्रीय सहकार्यको ढाँचा विकासका लागि राज्य साझेदारी विकास गर्नु हो। राष्ट्रहरूबीच सहकार्य र स्रोत साझेदारीलाई बढावा दिएकोे छ।

क्षेत्रीय समन्वय प्रयास मार्फत पूर्वाधार, प्राविधिक साझेदारहरू, सरकारहरू र संगठनहरूका लागि खुला मञ्चकोे आवश्यकता देखाएको छ। जहाँ परियोजनाहरूको संयुक्त विकास, विशेषज्ञता प्रदान, र वायु गुणस्तर व्यवस्थापनका लागि वित्तीय स्रोतहरू परिचालन गर्न सकिन्छ।

साझा आकाशमार्फत आउने अन्तर्राष्ट्रिय धुवा वा प्रदूषण जुन कुनै एक देशबाट मात्र होइन, विभिन्न देशहरूबाट हावामा मिसेर आउने गर्दछ। यो प्राय: हावामा फैलने प्रदूषण जसलाई ट्रान्सबाउन्ड्री प्रदूषण पनि भनिन्छ। फसल अवशेषको प्रयोगका लागि क्षेत्रीय रूपमा उपयुक्त ढाँचा विकास गर्नु खेतमा बाली काटिसकेपछि बाँकी रहने भागहरू जस्तै डाँठ, पात, झार आदि यी बाली अवशेषहरूलाई जलाउनको सट्टा खनेर माटोमा मिलाउनु, मलको रूपमा प्रयोग वा पशुको घाँसका रूपमा उपयोग गर्न सकिन्छ। प्रदूषणको प्रमुख स्रोतलाई सम्बोधन गर्दै दिगो कृषि अभ्यासहरू  प्रवर्द्धन, दीर्घकालीन प्रभाव सुनिश्चित गर्न क्षमता निर्माण कार्यक्रमहरू मार्फत नीति विकास र ज्ञान प्रसार, विभिन्न हितधारकहरूको सक्रिय संलग्नता छ ।

नेपाल सरकारले उद्योग र सवारी साधनहरूका लागि कडा उत्सर्जन मापदण्ड लागू गर्नुको साथै र राष्ट्रिय विकास योजनाहरूमा वायु गुणस्तरलाई समाहित गर्नुपर्दछ । अन्तर्राष्ट्रिय सहकार्य, प्रदूषण नियन्त्रण नीति, र, निजी क्षेत्रल हरित प्रविधिको प्रयोग, हरित प्रविधिमा लगानी जीवाश्म इन्धनमा निर्भरताको कम गर्ने जस्तै नवीकरणीय ऊर्जा परियोजनाहरू, विद्युतीय सवारी साधनहरूको प्रयोग। त्यसै गरी नागरिक समाजहरू ले जनचेतना अभियानहरू मार्फत जनसाधारणमा जागरूकता फैलाउने गतिविधि परिचालन गर्ने, र बलियो सरकारी नीति र कार्यान्वयनका लागि वकालत गर्ने महत्वपूर्ण भूमिका निभाउनु पर्दछ ।

ताजा हावाको सुनिश्चितता प्रदान गर्न सरकारको नीतिगत प्रतिबद्धता, निजी क्षेत्र र नागरिक समाजहरू को वकालत, एयर क्वालिटी मॉनिटरिंग स्टेशनहरूको पूर्वाधारको विस्तार, हरित प्रविधिको प्रयोग, दिगो विकास अभ्यासहरू र क्षमता निर्माणमा साझेदारी र संयुक्त प्रयासहरू मार्फत तत्काल र दीर्घकालीन चुनौतीहरू सम्बोधन गर्न आवश्यक छ।

सरकार, निजि क्षेत्र र अन्तर्राष्ट्रिय समुदायहरू जस्ता सबैसाझेदारहरूको निरन्तर प्रतिबद्धता आवश्यक पर्छ । वायु गुणस्तर सुधार गर्न र पारस्परिक पर्यावरणीय समस्याहरू समाधान गर्न कार्य गर्ने समय आज हो । भविष्यका पुस्ताहरूका लागि ताजा हावाको सुनिश्चितता प्रदान गर्न अब ढिलो नगरौं ।