२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता



अ+ अ-

कास्की। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभएको छ ।

पर्यटकीय राजधानी पोखराको गहना फेवातालको अस्तित्व बचाइ राख्ने दायित्व प्रदेश सरकार र पोखरा महानगरपालिको भएकाले आफ्नो ध्यान त्यसतर्फ केन्द्रित भएको उहाँको भनाइ छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ कास्कीको दोस्रो क्षेत्रीय सम्मेलनमा आज पोखरामा उहाँले फेवातालको मापदण्ड कायम गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा ल्याउन  सिमाङ्कन सुरुवात भएको जानकारी दिनुभयो ।

प्रजातन्त्रपछि धेरै काम भएपनि दलहरुले विकास गर्न सकेनन् भनेर भाष्य निर्माण गरी लोकतन्त्रलाई असफल बनाउन खोज्नेतर्फ सतर्क हुनुपर्नेमा उहाँको जोड छ । प्रदेश सरकारले सीमित स्रोतसाधनका वाबजुद पनि जनताको हितमा काम गरेको जिकिर गर्नुभयो । उहाँले प्रदेशको बजेट ३२ अर्ब रहेको र त्यो मध्य १८  अर्ब तलबमा खर्च हुने भएकाले विकास निर्माणले गति लिन नसकेको भनाइ उहाँको थियो ।

सङ्घ सरकारले प्रदेश सरकारलाई अधिकार नदिएकै कारण सोचे जति काम गर्न नसकिएको उहाँको आरोप छ । उहाँले प्रदेश र स्थानीय सरकार मात्र जनताको दैलोमा जान सक्ने बताउनुभयो ।

“प्रजातन्त्रपछि विकासका काम धेरै भएका छन् तर हामी त्यसको समीक्षा गर्देनौ, विकास हुन नसकेको भनेर सरकारको आलोचना मात्र गर्छौँ,” उहाँले भन्नुभयो, “प्रजातन्त्र प्राप्तिपछि शिक्षा, स्वास्थ्य, आइटी, सडकलगायत क्षेत्रमा विकासले फड्को मारेको छ ।”

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय नेताहरुले आफ्ना भनाइ राखेका थिए । रासस