२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
अ अ+ अ-

कास्की। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभएको छ ।

पर्यटकीय राजधानी पोखराको गहना फेवातालको अस्तित्व बचाइ राख्ने दायित्व प्रदेश सरकार र पोखरा महानगरपालिको भएकाले आफ्नो ध्यान त्यसतर्फ केन्द्रित भएको उहाँको भनाइ छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ कास्कीको दोस्रो क्षेत्रीय सम्मेलनमा आज पोखरामा उहाँले फेवातालको मापदण्ड कायम गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा ल्याउन  सिमाङ्कन सुरुवात भएको जानकारी दिनुभयो ।

प्रजातन्त्रपछि धेरै काम भएपनि दलहरुले विकास गर्न सकेनन् भनेर भाष्य निर्माण गरी लोकतन्त्रलाई असफल बनाउन खोज्नेतर्फ सतर्क हुनुपर्नेमा उहाँको जोड छ । प्रदेश सरकारले सीमित स्रोतसाधनका वाबजुद पनि जनताको हितमा काम गरेको जिकिर गर्नुभयो । उहाँले प्रदेशको बजेट ३२ अर्ब रहेको र त्यो मध्य १८  अर्ब तलबमा खर्च हुने भएकाले विकास निर्माणले गति लिन नसकेको भनाइ उहाँको थियो ।

सङ्घ सरकारले प्रदेश सरकारलाई अधिकार नदिएकै कारण सोचे जति काम गर्न नसकिएको उहाँको आरोप छ । उहाँले प्रदेश र स्थानीय सरकार मात्र जनताको दैलोमा जान सक्ने बताउनुभयो ।

“प्रजातन्त्रपछि विकासका काम धेरै भएका छन् तर हामी त्यसको समीक्षा गर्देनौ, विकास हुन नसकेको भनेर सरकारको आलोचना मात्र गर्छौँ,” उहाँले भन्नुभयो, “प्रजातन्त्र प्राप्तिपछि शिक्षा, स्वास्थ्य, आइटी, सडकलगायत क्षेत्रमा विकासले फड्को मारेको छ ।”

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय नेताहरुले आफ्ना भनाइ राखेका थिए । रासस