११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा युवकको हत्या, संलग्न पाँच जना नियन्त्रणमा



अ+ अ-

काठमाडौं।काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीस्थित एक किराना पसलमा ३७ वर्षीय बलिन्द्र प्रकाश राईमाथि आक्रमण गरी हत्या गरेको आरोपमा पाँच जना युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछाप, सर्लाही, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका हुन्। उनीहरू क्रमशः प्रविण तामाङ (२९), समिर वाइवा तामाङ (२३), अभिषेक वाइवा तामाङ (२६), दीपेन्द्र भुजेल (२९) र अनुराग तामाङ (२८) रहेका छन्।

वैशाख ३० गते राति करिब ९ बजेतिर किराना पसलमा बसेका राईमाथि आक्रमण गर्दा गम्भीर घाइते भएका उनलाई अस्पताल पुर्‍याइएको थियो, तर उपचारको क्रममा मृत्यु भएको थियो।

हत्या पछि फरार रहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरिसकेको छ। हाल कर्तव्य ज्यान मुद्दामा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।