५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी



default
अ+ अ-

तनहुँ। नदीमा पानीको प्रवाह बढ्न नसक्दा यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले क्षमताअनुसार विद्युत उत्पादन गर्न सकेको छैन । ६९ मेगावाट क्षमताको यस जलविद्युत केन्द्रबाट हाल ४२ मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ ।

हिउँ कम पग्लनु तथा वर्षा कम भएकाले नदीमा मिसिने खोलामा जल प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताउनुभयो ।

“हाल ५० देखि ५५ मेगावाट उत्पादन हुनुपर्नेमा नदीमा पानीको प्रवाह कम भएकाले उत्पादनमा वृद्वि हुन सकेको छैन्,” गौतमले भन्नुभयो, “यसपटक पानी कम परेकाले विद्युत् उत्पादन प्रभावित भएको छ ।”

केन्द्रमा २३÷२३ मेगावाटका तीनवटा टर्बाइन छन् । यो केन्द्र सन् १९८९ मा निर्माण भएको हो । यहाँबाट उत्पादित विद्युत्् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण हुँदै आएको छ । रासस