२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

स्वदेशी उत्पादन वृद्धि र त्यसको प्रयोग गरेर आयातमुखी अर्थतन्त्र नियन्त्रण गरौँ: उपप्रधानमन्त्री सिंह

स्वदेशी उत्पादन वृद्धि र त्यसको प्रयोग गरेर आयातमुखी अर्थतन्त्र नियन्त्रण गरौँ: उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनको प्रयोग बढाएर आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ । सिमेन्ट उत्पादक संघले आज ललितपुरमा आयोजना गरेको ‘सिमेन्ट कन्क्लेभ’ मा उहाँले  स्वदेशी उत्पादन वृद्धिले अर्थतन्त्रलाई सही दिशामा लैजान र आयातलाई घटाउन सकिने धारणा राख्नुभएको हो ।

“हामी सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्था छ । अब आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गरे यसले उत्पादनलाई पनि बढावा दिनेछ । आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने छ । त्यसैले यी पक्षलाई ध्यानमा राखेर काम गरौँ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

उहाँले देशको भूबनोटअनुसार सिमेन्टको प्रयोगले बाटोहरू गुणस्तरयुक्त हुने भन्दै सुरुमा लगानी धेरै भए पनि लामो समय टिक्ने हुँदा यसको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकाशमा निजी क्षेत्रको सहकार्य जरूरी रहेको बताउनुभएको छ । उहाँले निजी क्षेत्रसँग साझेदारी गरी पूर्वाधार विकास गर्न सरकारले पनि अध्ययन गरिरहेको बताउनुभयो ।

विश्वका कतिपय मुलुकमा निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्ने र त्यसबाट निश्चित लाभांशसमेत लिने अभ्यास रहेको उल्लेख गर्दै मन्त्री दाहालले यस्ता सम्भाव्य क्षेत्रको पहिचान नेपालमा पनि आवश्यक रहेको बताउनुभयो । नेपालको भौगोलिक विशिष्टता, सिमेन्ट उत्पादनमा गरेको प्रगति र टिकाउपनाका कारण कङ्क्रिट सडक निर्माणलाई अध्ययन गरी प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ थियो ।

हाल देश निर्माणको चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले सुरु भएका आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्ने वातावरण बनाउन आश्यक रहेको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादन वृद्ध र प्रयोगमा प्रोत्साहनका लागि सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो । उहाँले सिमेन्ट क्षेत्रमा आत्मनिर्भर बन्न निजी क्षेत्रको उपस्थिति प्रसंशायोग्य रहेको भन्दै अरु क्षेत्रमा पनि आन्तरिक उत्पादनमा निजी क्षेत्रको शसक्त भूमिका आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विज्ञहरूले सिमेन्ट ढलान गरिएका सडक प्रारम्भिक रूपमा खर्चिलो भए पनि टिकाउपनाका कारण दीर्घकालीन रूपमा प्रभावकारी हुने बताएका थिए । रासस