५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरी र शिशुको हेलिकप्टरमार्फत उद्वार



अ+ अ-

अछाम। जटिल स्वास्थ्य अवस्था भएकी एक सुत्केरी र एक शिशुको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ ।

यहाँको रामारोशन गाउँपालिका–१ निवासी २१ वर्षीया विपना साउद र उहाँको शिशुलाई जिल्ला अस्पतालबाट प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरिएको थियो ।

जिल्ला अस्पतालमा आजै सुत्केरी हुनुभएकी साउदको नवजात शिशुलाई स्वासप्रश्वासमा समस्या देखिएको र यहाँ उपचार सम्भव नभएपछि गोरख बक्स गणबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिनुभयो । रासस