काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दल बीच एकता हुने भएको छ । ढेड बर्ष बिभाजन भएको दुईदल बीच फेरी एकताका लागि हपल सुरु भएको छ ।
साझा पार्टीको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि सम्वाद समिति गठनगरे संगै एकताको लागि बाटो खुलेको हो । यस अघि नै विवेकशील नेपाली दलले पनि वार्ताका लागि कार्यदल गठन गरिसकेको छ ।
दुई दल बीच २०७४ साल साउन मा एकता भएको थियो तर २०७५ पुस २७ गते पार्टी बिभाजन भएर छुट्टा छुट्टै प्रतिस्प्रर्धामा उत्रिएका थिए । तर एकता प्रक्रियामाअसहमति जनाउदै साझा पार्टीबाट डा। सूर्यराज आचार्यको र मुमाराम खनाल भने बाहिरिएका छन् ।