२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रुको सुरक्षालाई प्राथमिकता दिएर राइड सेयरिङ नियमावली : मुख्यमन्त्री



अ+ अ-

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले यात्रुको सुरक्षा र सुविधालाई प्राथमिकता दिएर राइड सेयरिङ नियमावली जारी गरेको बताउनुभएको छ ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेसँगै आज सरकारलाई धन्यवाद दिन पुगेका राइडर्स र सेल्फ ड्राइभ सञ्चालकहरूसँगको भेटमा उहाँले यात्रुको सुरक्षा र सुविधा नै सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो । राइड सेयरिङले यातायात सञ्चालन गरिरहेका व्यवसायीलाई पनि घाटा नहुने उल्लेख गर्दै उहाँले भाडाका सवारीसाधन सञ्चालन गर्दै आएका कम्पनीलाई प्रोत्साहित गर्न दर्तामा छुट दिने नीति लिएको बताउनुभयो ।

राइड सेयरिङमा दर्ता हुने कम्पनी र एप्सले सुरक्षाको सबै मापदण्ड पूरा गरेको हुनुपर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले यात्रु र राइडर्सको पनि सुरक्षा हुने गरी नियमावलीमा व्यवस्था गरिएका कारण यसको पूर्ण पालना गर्न सुझाउनुुभयो । यसले नागरिकले पनि सुविधा पाउने, थप रोजगारी सिर्जना हुने, अहिले कानुनी रुपमा अवैध रहेर सञ्चालन भइरहेको सेवाले कानुनी मान्यता पाउने र सरकारलाई पनि राजस्व बढ्ने उहाँको भनाइ थियो ।

राइड सेयरिङ नियमावलीले कसैलाई घाटा नरहेको बताउँदै उहाँले प्रक्रिया पूरा नगर्नेहरूलाई जरिवाना धेरै रहेको स्मरण गराउनुुभयो । अटेर गर्नेलाई छुट नहुने र सबैले नियम पालना गर्नुपर्ने उहाँको भनाइ छ ।

राइडर्स नेपाल पोखराका अध्यक्ष अनील श्रेष्ठले नेपालमै पहिलोपटक गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली जारी गरेर युवाहरुको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ‘ग्यारेन्टी’ गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

“यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो, हजारौँ व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए, हामीले सेवा दिइरहेका थियौँ”, उहाँले भन्नुुभयो, “यात्रुले सजिलो, छिटो, स्तरीय सेवा पाऊन् र हामीजस्ता युवाहरूको रोजीरोटीको पनि गण्डकी सरकारको यो निर्णयले ग्यारेन्टी गरेको छ ।”

सेल्फ ड्राइभ सञ्चालक रमेशराज पाण्डेले नियमावलीले आफूहरूलाई व्यवसाय गर्न सहज हुने र अब पहिलेजस्तो दुःख भोग्नु नपर्ला भन्नेमा खुसी भएको बताउनुुभयो । सरकारले ल्याएको मापदण्डभित्र रहेर सेवा दिन तयार रहेको बताउँदै उहाँले पर्यटकीय राजधानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई नियम कानुनभित्र रहेर सेवा दिन पाउने ढोका खुलेको बताउनुुभयो ।

गण्डकी प्रदेश सरकारले वैशाख ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङ नियमन र व्यवस्थापनसम्बन्धी छुट्टै नियमावली जारी गरेको थियो । रासस