१९ मंसिर २०८२, शुक्रबार
,
Latest
बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’



अ+ अ-

लमजुङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले–कांग्रेसको समीकरण आगामी २०८४ को निर्वाचनसम्मै कायम रहने बताउनुभएको छ ।

आज लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला समन्वय समिति लमजुङको सभाहलमा आयोजित एमाले लमजुङको ९औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “देश र जनताको हितका लागि दुई पार्टीको गठबन्धन सरकार बनेको हो । कांग्रेस वा एमालेबाट बेइमान भएमा मात्रै गठबन्धन टुट्ने हो नत्र पूरा अवधिसम्म दुई पार्टीको समीकरण रहन्छ ।

उहाँले सरकार ढल्छ, टिक्दैन भनेर हल्ला फैलाउने गरिएको भन्दै यस्तो कुनै समस्या नरहेको बताउनुभयो ।  “यसअघि पनि पटक÷पटक विभिन्न कालखण्डमा कांग्रेस—एमाले मिलेर अघि बढ्दै देशलाई सङ्कटबाट जोगाउने काम गरेका छौँ । यसपटक पनि स्थिर सरकार र विकासको चाहना पूरा गर्न दुई पार्टी एकठाउँमा आएका हौँ, सोहीअनुसार काम गर्नुपर्छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।

एमाले पार्टीमा निरन्तर क्रियाशील हुने र धर्य गर्न सक्ने क्षमता भएका  व्यक्ति मात्रै टिक्ने भन्दै उहाँले अवसरवादी व्यक्तिहरू अवसरको खोजीमा सबैतिर चाहार्दै हिँड्ने धारणा राख्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक समृद्ध बनाउनका लागि एमालेलाई  निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने र त्यसमा पार्टी नेता, कार्यकर्ताको योगदान जरूरी रहेको बताउनुभयो ।

एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले, गण्डकी प्रदेशसभा सदस्य यशोदा रिमाल, प्रदेश कमिटी सचिव धनञ्जय दवाडीलगायतले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस