९ असार २०८२, सोमबार
,
Latest
भिजिट भिसा प्रकरणको छानबिन गर्न पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा समिति गठन अमला रोका रिहालगत्तै पक्राउ विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त बजेटको सफल कार्यान्वयनमा सहकार्यको अपेक्षाः महिला मन्त्री सुडी घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छः उद्योगमन्त्री भण्डारी खेलाडीको क्षमता अभिवृद्धिका लागि सरकारले योजनाबद्ध प्रयास गरेको छः मन्त्री चौधरी अनमोल केसीले साइन गरे ‘ए मेरो हजुर ५’ सलमान खान ‘ब्रेन एन्युरिज्म’ रोगबाट पीडित श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगी दर ०.६ प्रतिशतमा सीमित ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना



अ+ अ-

भक्तपुर। भक्तपुर क्यान्सर अस्पतालले सघन उपचार कक्ष (आइसियू) सहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ ।

बाल क्यान्सरका बिरामी बढ्दै गए पनि छुट्टै वार्ड नहुँदा उपचारमा समस्या आएकाले चार शय्याको आइसियू, सात शय्याको डे केयर र वार्डसहित १५ शय्याको वार्ड सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजाराम तजलेले जानकारी दिनुभयो ।

क्यान्सर अस्पतालमा दैनिक एक हजार जना बिरामी बहिरङ्ग सेवा (ओपिडी) का लागि आउने गरेको बताउँदै उहाँले १३० शय्यामा सञ्चालन अस्पताल हाल आधा घण्टाका लागिसमेत शय्या खाली नहुने अवस्था आएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत तजेलले बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि एक महिनादेखि १४ वर्षमुनिका बच्चालाई निःशुल्क उपचार, केमोथेरापीसहितको निःशुल्क औषधि वितरण भइरहेको जानकारी दिँदै एक वर्षमा १५० जना क्यान्सर रोग लागेका बालबालिकाको उपचार भएको बताउनुभयो ।

अस्पतालकी बालरोग विशेषज्ञ डा रितु लामिछानेले बाल क्यान्सर बढ्दो अवस्थामा रहेका र हाल अस्पतालमा दैनिक २० देखि ३० जना बालबालिका क्यान्सरको बहिरङ्ग सेवा लिन आउने गरेको बताउनुभयो । उहाँले बाल क्यान्सरका बिरामी राख्ने ठाउँ नभएर छुट्टै वार्ड सञ्चालनमा ल्याउनु परेको बताउनुभयो । रासस