११ श्रावण २०८३, सोमबार
,
Latest
झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश नारायणी अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणप्रति मन्त्रालयको शून्य सहनशीलता काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन प्रवर्द्धनका लागि मर्स्याङ्दीमा जलविहार



अ+ अ-

तनहुँ। नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजना र भानु नगरपालिकाको सहयोगमा यहाँस्थित मस्र्याङ्दी नदीमा जलविहार गरिएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आज भानु नगरपालिका–९ बाट बन्दीपुर गाउँपालिका–५ सम्म मर्स्याङ्दी नदीमा जलविहार गरिएको हो ।

मस्र्याङ्दी नदीमा जलविहारको सम्भावना रहेनुका साथै यसबाट पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले नगरसँगको समन्वयमा जिल्लास्थित सञ्चारकर्मीलाई जलविहारको व्यवस्था मिलाइएको नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष धनपति अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारहरूले यस क्षेत्रमा जलविहारको सम्भावनाबारे सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने भएकाले यसले भानुको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।”

जलविहारमा सहभागी पत्रकार किरण श्रेष्ठले मर्स्याङ्दी नदी जलविहारका लागि सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राख्नुभयो ।

त्यसअघि भानु–९ स्थित चितीखोला होमस्टे (घरबास)मा पर्यटन विकास तथा मर्स्याङ्दी नदीमा सहासिक जलयात्रा प्रवर्द्धन कार्यक्रम सम्बन्धी अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले पर्यटन प्रवरद्धन र पर्यटकीय गन्तव्यको संरक्षणलाई नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । पर्यटन प्रवर्द्धनका लागि सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका हुने बताउँदै उहाँले पत्रकारहरूले यस क्षेत्रको प्रचारप्रसारमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । रासस