२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा

तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा
अ अ+ अ-

नेपालगञ्ज। कोहलपुरमा शनिबार बृहत सरसफाई कार्यक्रम आयोजना भएको छ भने सरसफाई कार्यक्रमका सहभागीहरुले तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा भन्ने नारा लगाएका छन् ।

प्लाष्टिकजन्य पदार्थ न्युनिकरणका लागि आयोजना गरिएको सरसफाई गर्ने क्रममा सहभागीहरुले अन्य पलाष्टिक भन्दा स्यामबहार, सुर्ति, मेघाश्रीहरुको प्याकेटहरु यत्रतत्र भेटिएकाले सहभागीहरुले उक्त कुरा बताएका हुन ।

साथै उक्त कार्यक्रममा सहभागी यमुना घिमिरे भन्छिन् सरसफाई गरौं भन्दा पनि फोहोर नगरौं भन्ने अभियानको जरुरी देखिन्छ । रेष्टलेस डेभलेपमेन्ट, क्रियसन नेपाल र युथ ईनोभेसनको सहयोग कोहलपुर नगरपालिकाको कार्यालय,कोहलपुर नगरपालिका वडा नम्बर ८ को सहकार्य तथा बास नेपालको आयोजनामा बुधवार उक्त सरसफाई कार्यक्रम गरिएका हो ।

प्लाष्टिक जन्य फोहोरमैला ब्यवस्थापन र जवाफदेहता परियोजना अन्तर्गत प्लाष्टिकजन्य फोहोर न्युनिकरणका लागि सरसफाई अभियान कोहलपुरको झण्डहा चोक देखि सडकको दाँया बाँया हुँदै पिपरी चौक सम्म पुगेर समापन भएको थियो ।

”प्लास्टिक फोहोरमुक्त कोहलपुर, हामी सबैको साझा लक्ष्य” भन्ने मुल नाराका साथ बास नेपालका स्वयंसेवकहरु, कोहलपुर नगरपालिकाका वातावरण शाखाका पदाधिकारीहरु, द एक्जाम गुरु एकेडेमिका बिद्यार्थी भाईबहिनिहरु, बिभिन्न सामुदायिक बन उपभोक्ता समितिहरु र बिभिन्न स्थानिय नागरिकहरु गरि एक सय बढिको सहभागीता रहेको थियो ।

बिहान ७ बजे देखि शुरु गरिएको उक्त सरसफाई कार्यक्रम ९ बजे समापन भएको थियो । बास नेपालका वनसम्पर्क अधिकृत माधव कार्कीले प्लाष्टिक जन्य चक्रीय अर्थतन्त्र प्रवद्र्धन गरौँ, प्लास्टिकको प्रयोग न्यूनीकरण गरौं, रिसाइकल गर्ने बानी बसालौं, एकल प्रयोगको प्लास्टिकको विकल्प रोजौं, प्लाष्टिकजन्य फोहोर कम गरौं, प्लाष्टिकजन्य फोहर नजलाऔँ, वायु स्वच्छ राखौं लगायतका स्लोगनहरु बाचन गरी शुरुवात गरिएको सरसफाई कार्यक्रमको उद्घाटण कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लाल बहादुर रानाले ब्यानरमा लेखिएका कुरा पढेर शरुवात गरिएको थियो ।

कार्यक्रमको समापनमा बोल्दै बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारीले कार्यक्रमका सहभागीहरुलाई धन्यवाद दिदै सरसफाई गर्नु सबैको दायित्व भएकाले सबै क्षेत्रबाट सरसफाई अभियानमा लाग्न अनुरोध गरिन् । प्लाष्टिकको प्रयोगलाई हामीले आजै बाट कम प्रयोग गरी मानबिय जिबनमा पर्ने असरहरुमा न्युनीकरण गर्न लागिपर्ने बताईन् ।

त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष लाल बहादुर रानाले कार्यक्रमको समापनमा बोल्दै हाम्रो टोलको सरसफाई अभियानमा बास नपालले गरेको सहकार्य प्रति धन्यवाद दिए भने सरसफाई सम्बन्धि सचेतनामुलक कार्यक्रम आगामि दिनमा गर्दा वडा सागै हातेमालो गर्दै सँगै जानुपर्ने बताए ।