१९ माघ २०८१, शनिबार
,
Latest
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शव स्वदेश ल्याउन नाका खोलिँदै



अ+ अ-

भारतको झुलाघाटमा मृत अवस्थामा फेला परेका बैतडीका बालकको शव नेपाल ल्याउनका लागि झुलाघाट नाका खोलिने भएको छ । चमेलिया नदीमा बगेर बेपत्ता भएका डिलाशैनी गाउँपालिका–६ चौसेराका ९ वर्षीय बालक रुपेश नाथ बेलुका ७ बजेतिर महाकाली नदीपारि झुुलाघाटमा फेला परेका थिए ।

मृतक बालकको शव ल्याउनका लागि नेपाल–भारत सीमानाका खोलिने बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । मृतक बालकको शव परीक्षण भारतमै गरिने र त्यसपश्चात नेपाल ल्याइने भएको हो । उनले भने– ‘मृतकका २ जना परिवारका सदस्यलाई पारि पठाउन भनेको र सनाखतपश्चात शव ल्याइनेछ ।’

शव नेपाल ल्याउनका लागि झुलाघाट नाका खोल्ने भनेर दुई देशका स्थानीय प्रशासनबीच सहमति भइसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । नेपाल समाचारपत्र दैनिक