२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

फुटबल खेलले नेपाली समाजमा एकताको सन्देश फैलाइरहेको छः खेलकुदमन्त्री चौधरी

फुटबल खेलले नेपाली समाजमा एकताको सन्देश फैलाइरहेको छः खेलकुदमन्त्री चौधरी
अ अ+ अ-

सुनसरी। नेपाल कांग्रेसका नेता एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फुटबल खेलले नेपाली समाजमा आशा, उत्साह र एकताको सन्देश फैलाउँदै राष्ट्रिय विकासमा उल्लेखनीय योगदान पुर्‍याइरहेको बताउनुभएको छ ।

आज यहाँ पार्टी कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले धरान फुटबलको सहरका रूपमा पनि परिचित रहेको भन्दै हाल यहाँ विभिन्न तहका फुटबल प्रतियोगिताहरू सञ्चालन भइरहेकामा खुसी व्यक्त गर्नुभयो ।  यहाँको सक्रियता र फुटबलप्रतिको जनस्तरको आकर्षणलाई मध्यनजर गर्दै सरकारले धरानमा सञ्चालन भइरहेको फुटबल एकेडेमी तथा आगामी लिगहरूमा थप बजेट वृद्धि गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खेलकुदमन्त्री चौधरीले भन्नुभयो, “धरानमा भइरहेका फुटबल गतिविधि देशका लागि अनुकरणीय छन् । जहाँ बुढासुब्बा गोल्डकपदेखि विभिन्न फुटबल लिग सञ्चालन हुने गरेका छन् । विगतदेखि नै हामीले अपेक्षा गरिएको भन्दा बढी बजेट विनियोजन गरेर सहयोग गरिरहेका छौँ । आगामी वर्षहरूमा यसलाई थप सुदृढ र व्यवस्थित बनाउन सहयोग गर्नेछौँ ।”

मन्त्री चौधरीले एकेडेमीको पूर्वाधार, तालिम तथा प्रतियोगिता सञ्चालनका लागि मात्र बजेट नभएर प्राविधिक सहयोग र आवश्यक स्रोतसाधनको व्यवस्थापनमा पनि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सङ्घीय सरकारअन्तर्गत रहेका १० वटा रङ्गशाला प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभयो ।  रासस