२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड
काठमाडौँ, ३ जेठः सगरमाथा संवादको दोस्रो दिन शनिबार काठमाडौँमा आयोजना गरिएको ‘भविष्यलाई सशक्त बनाउँदैः स्वच्छ ऊर्जाको उपयोग’ विषयक समानान्तर सत्रका वक्ताहरु। तस्बिरः किरणराज विष्ट÷रासस
अ अ+ अ-

काठमाडौँ। सरोकारवालाहरुले जलवायु अनुकुलनका लागि डिजिटल सारक्षरतामा जोड दिएका छन् ।

शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पर्वतीय क्षेत्रमा अनुकुलनका लागि विज्ञान र प्रविधिको संयोजन विषयक समानान्तर सत्रमा वक्ताहरुले जलवायु परिवर्तनको असर न्यूनीकरण उपाय अवलम्बनका लागि प्रविधिको विकासका साथै डिजिटल साक्षरतामा जोड दिएका हुन् ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल आइपिसिसीका महासचिव अब्दालाह मोक्स्सितले जलवायु परिवर्तनको मुख्य प्रभाव हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा परेको र समयमा अनुकुलनका उपायहरु अवलम्बन गर्न नसकेमा अझै बढी जोखिम बढ्ने बताउनुभयो । “जलवायु प्रविधिको विकास र प्रभावकारी उपयोग हुन सकेमा जलवायुजन्य विपद्बाट धनजनको क्षति कम हुन्छ,” उहाँले भन्नुभयो ।

द एनर्जी एन्ड रिसोर्सेस इन्स्टिच्युट भारतको महानिर्देशक विभा धवनले पछिल्लो समय कृषिमा प्रयोग हुने रासायनिक मलका कारण हरितगृह ग्यास उत्सर्जन बढाउनुका साथै पानीको स्रोत समेत प्रदूषण गराइरहेको भन्दै जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

जलवायुविद् डा माधव कार्कीले स्थानीय तथा आदिबासी जनजातिको परम्परागत ज्ञानलाई पनि सम्बोधन गर्दै जलवायु अनुकुलका कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

“उच्च हिमाली क्षेत्रदेखि तटीय क्षेत्रसम्मका स्थानीय डिजिटल प्रविधिले जलवायु परिवर्तनका जोखिमलाई अझ राम्रोसँग विश्लेषण गर्ने, अनुकूलन रणनीतिहरू तयार गर्ने र तिनको कार्यान्वयनमा सहयोग पु¥याउने महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । विशेषगरी पहाडी र दुर्गम क्षेत्रहरूमा डिजिटल साक्षरता अभावले अनुकुलनका उपायहरूमा बाधा पु¥याइरहेको छ”, उहाँले भन्नुभयो, “जलवायु–संवेदनशील क्षेत्रमा जोखिम व्यवस्थापनका लागि डिजिटल शिक्षा, स्मार्ट उपकरणको प्रयोग र इन्टरनेट पहुँचलाई प्राथमिकतामा राख्नुपर्छ ।

ग्रोनिङ्गेन विश्वविद्यालय, नेदरल्याण्ड्सका विज्ञान, प्रविधि र समाज विषयका प्राध्यापक प्राडा क्लाउस हुबासेकले प्रविधिको विकास, स्थानीय समुदायसँग समन्वय र सहभागितामा आधारित डिजिटल समस्याको समाधान गर्न सकिएमा जलवायु अनुकुलन प्रभावकरी हुने बताउनुभयो ।

संयुक्त राष्ट्र विश्वविद्यालय, वातावरण तथा मानव सुरक्षा संस्था जर्मनीका  डा स्टेफान श्नाइडरबाउअरले जलवायु परिवर्तनको समस्या भोगिरहेका समुदायलाई अध्यानअनुसन्धानबाट निस्किएको निष्कर्ष र तथ्याङ्कलाई निःशुल्क वितरणको व्यवस्था हुनुपर्ने र जलवायु न्यूनीकरका लागि क्षमता अभिवृद्धि तथा प्राविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असर बढि परेको भन्दै त्यस क्षेत्रमा डिजिटल साक्षरता बढाउनुपर्ने उहाँको भनाइ छ ।

उच्च हिमाली क्षेत्रदेखि तटीय क्षेत्रसम्मका स्थानीय समुदायमा जलवायु परिवर्तनका प्रभाव अझ बढी परेको तापक्रम वृद्धिदेखि अनियमित वर्षा, हिमनदी पग्लिनु, हावाको प्रदूषण, वातावरणीय क्षति र जैविक विविधताको क्षयजस्ता समस्याले उनीहरुको जीवनयापन, खाद्य सुरक्षा र सांस्कृतिक सम्पत्तिलाई खतरामा पारिरहेको भन्दै वक्ताहरुले चिन्ता व्याक्त गरेका छन् ।

सत्रको सहजकर्ताको भूमिका, इन्जिनियरिङ र प्रविधि स्कूल, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीका डीन संगम श्रेष्ठले निर्वाह गर्नुभयो । रासस