२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानमा लाग्छौँ : अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्युबारे सत्यतथ्य उजागर गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

३२ औँ मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दुई नेताको मृत्युका विषयमा विभिन्न चर्चा हुने गरेको भन्दै त्यसलाई उजागर गर्न सरकारको ध्यानाकर्षण गराए।

घटनाको छानविन गर्दै सत्यतथ्य ल्याएर अपराधीहरुलाई नांगेझार पार्नुपर्ने उनले बताए। अध्यक्ष नेपालले मदन–आश्रितको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको धारणा राखे।

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि मदन भण्डारीले गरेको योगदानको स्मरण गर्दै उनले अब आफूहरु कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानमा लाग्ने उल्लेख गरे।