५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशामक सेवा राष्ट्रिय रणनीति स्वीकृत



अ+ अ-

काठमाडौँ। सरकारले जटिल रोग लागेका बिरामीको स्याहार तथा उपचार लक्ष्यित गरी नेपाल प्रशामक सेवा राष्ट्रिय रणनीति स्वीकृत गरेको छ ।

क्यान्सर, हृदय र फोक्सो रोग, अल्जाइमर्स, पार्किक्न्सन्स, मृगौलासम्बन्धी रोगजस्ता जीवनलाई दीर्घकालीन रूपमा चुनौती दिने अवस्थका  बिरामीलाई प्रदान गरिने प्रशामक सेवाका लागि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई तयार पार्ने उद्देश्य रणनीतिले रणनीति स्वीकृत भएको हो ।

मुलुकमा क्यान्सरपीडितका लागि यस्तो सेवा भए पनि अन्य रोगका बिरामीका निम्ति प्रशामक सेवा उपलब्ध छैन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबार उक्त रणनीति स्वीकृत गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

रणनीतिले स्वास्थ्य संस्थाहरुले त्यस्ता जटिल र उपचार सम्भव नदेखिएका बिरामीहरुको स्याहार, हेरचाह तथा परिवारलाई समस्यासँग जुध्न सहायता गर्ने अवस्थामा जोड दिएको छ । रणनीतिले यसका लागि हरेक तहका स्वास्थ्य संस्थालाई जनशक्ति निर्माण तथा सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

मन्त्री पौडेलको निजी सचिवालयका अनुसार  हरेक स्वास्थ्य संस्थाबाट आवश्यक औषधी तथा स्तरीय सेवा दिने उद्देश्य पनि रणनीतिमा समावेश छ । रणनीति स्वीकृत भएसँगै जटिल प्रकृतिका रोगको सामना गर्न परिवार, समाज तथा राज्यलाई सहज हुनेछ । रासस